Friday 10th April 2026

कुवेतमा अहिले सम्मकै ठुलो घरेलु मदिरा उत्पादन केन्द्रमा छापा, नेपालीहरु पनि पक्राउ


हरि कृष्ण न्यौपाने-कुवेतको हवाली प्रहरी सुरक्षाकर्मीहरूले कुवेतको जाबृया भन्ने ठाउमा नेपालीहरु समेतको सम्लग्नतामा संचालित अहिले सम्मकै ठूलो घरेलु मदिरा उत्पादन केन्द्रलाई छापा मारेको छ।त्यहाबाट उक्त उत्पादन केन्द्र सन्चालन गर्ने दुई महिला सहित चार जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।पक्राउ पर्नेहरु श्रीमान-श्रीमतिको सम्बन्धमा रहेका र उनीहरु नेपाली र भारतिय नागरिक रहेका बताईएको भए पनि उनीहरुको पूर्ण बिबरण भने खुलाईएको छैन।

कुवेतको अनलाइन समाचार अरब टाइम्समा सेप्टेम्बर ०७,२०२० का दिन प्रकशित समाचारमा भनिएको छ”छापा मारिएको मध्ये अहिले सम्मकै ठूलो मदिरा उत्पादन केन्द्रबाट १७० वटा ठुला ड्रमहरु(ब्यारेल)मा मदिरा उत्पादनमा प्रयोग गरिने कच्चा पदार्थ राखिएको भेटिएको छ।साथै यो कच्चा पदार्थहरुबाट दश हजार भन्दा बढी बोटल घरेलु मदिरा उत्पादन गर्न सकिने बताईएको।

समाचारका अनुसार” घरेलु मदिराको गन्ध आउन सक्ने हुँदा कुवेतको जाबृया स्थित दुई वटा घरहरु(भिल्ला) पूर्ण रुपमा भाडामा लिएर उक्त मदिरा उत्पादन केन्द्र चलाईएको थियो। साथै धेरै कारहरुको आबत-जावत भईरहने र पानीका कार्टुनहरु लाने-ल्याउने गरिरहने गरेको उजुरीको आधारमा उक्त स्थानमा छापा मारिएको थियो।”


सम्बन्धित शीर्षकहरु

अन्तर्राष्ट्रिय स्रोतहरूका अनुसार, इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्ले पाकिस्तानमार्फत वाशिंगटनलाई १०-बुँदे प्रस्ताव पठाएको छ र अप्रिल १० मा इस्लामाबादमा प्रत्यक्ष…

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि भइरहेको बमबारी र आक्रमणको अभियानलाई स्थगित गर्ने घोषणा गरेका छन् । इरानले पठाएको १० बुँदे…

गत महिना नेपालमा नयाँ प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा युवा सांसदहरूले भरिएको संसद गठन हुँदा बंगलादेशकी युवा कार्यकर्ता उमामा फतेमाले यसलाई…

प्रतिकृयाहरू
...