Sunday 11th January 2026

कुवेतमा घरेलु मदिरा उत्पादन केन्द्र चलाउने दुई नेपाली पक्राउ


हरि कृष्ण न्यौपाने-कुवेतको अहमादी प्रहरी सुरक्षाकर्मीहरूले कुवेतको महाबुल्ला भन्ने ठाउमा नेपालीहरु द्वारा संचालित घरेलु मदिरा उत्पादन केन्द्रलाई छापा मारेको छ।त्यहाबाट उक्त उत्पादन केन्द्र सन्चालन गर्ने दुई नेपालीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

कुवेतको अनलाइन समाचार अरब टाइम्समा सेप्टेम्बर २,२०२० का दिन प्रकशित समाचारमा मदिरा उत्पादन केन्द्र सन्चालन सन्चालन गर्ने उनीहरुलाई प्रहरीले पक्राउ गरिएको जनाए पनि पक्राउ पर्नेहरुको परिचय र अन्य बिबरण भने खुलाईएको छैन। उक्त समाचारमा भनिएको छ “घरेलु मदिरा बिक्रीका लागि जाँदै गरेका ब्यक्तिलाइ पक्राउ गरे पछि उनैले घरेलु मदिरा उत्पादन केन्द्रमा प्रहरिलाई लिएर गएका थिए।घरेलु मदिरा उत्पादन केन्द्रवाट मदिरा उत्पादनमा प्रयोग गरिने कच्चा पदार्थ, दर्जनौ ब्यारेल (ड्रमहरु), केही उपकरण र तयारी अबस्थामा रहेको मदिरा समेत जफत गरिएको छ।उनीहरुलाई कानुनी प्रकृयाको लागि सम्बन्धित निकायमा पठाईएको छ।


सम्बन्धित शीर्षकहरु

इरानको राजधानी तेहरानमा जारी विरोध प्रदर्शनका क्रममा २० भन्दा बढी मस्जिद, बैंक र सार्वजनिक संरचनामा आगजनी तथा तोडफोड भएको इरानी…

निरेम प्रोडक्सन तथा अल मुल्ला एक्सचेन्जको संयुक्त प्रस्तुतिमा आयोजना गरिएको “Nirem Musical Event 2026” का अवसरमा नेपालबाट आमन्त्रित चर्चित गायक…

ईरानी राजा को वापसी को नारा तेहरान का सडकहरुमा गुन्जन थालेका छन । त्यहाँका राष्ट्रपति ले ईरानमा भईरहेको आन्दोलन सरकारको…

प्रतिकृयाहरू
...