Friday 25th September 2026

भारतमा पबजी लगायतका ११८ माोबाइल एप माथि प्रतिबन्ध


तितोपाटी – भारतले पबजीसहित ११८ मोबाइल एप्समाथि प्रतिबन्ध लगाउने निर्णय गरेको छ । भारतको सूचना तथा प्रविधि मन्त्रालयले हिँजो बुधबार यस्तो निर्णय गरेको हो । मन्त्रालयले विज्ञप्ति जारी गर्दै यस्तो जानकारी दिएको हो ।
मन्त्रालयले सार्वजनिक गरिएको विज्ञप्तिमा यी मोबाइल एपहरु भारतको सम्प्रभुता र अखण्डता, सुरक्षा र सार्वजनिक व्यवस्थाप्रति पूर्वाग्रही रहेको बताएको छ ।

अहिले भारतले प्रतिबन्ध लगाएका एपहरुमा धेरै एप चीनसँग जोडिएका छन् । भारतको सूचना तथा प्रविधि मन्त्रालयले यो कदमले भारतको करोडौं मोबाइल र इन्टरनेट प्रयोगकर्ताको लाभ हुने बताएको छ । साथै भारतको साइबर स्पेसको सुरक्षा र सम्प्रभुता सुनिश्चित गर्ने उद्देश्यका साथ यो निर्णय लिइएको विज्ञप्तिमा उल्लेख गरेको छ ।

पछिल्लो समय चीनसँग भारतको तनाव बढिरहेको समयमा भारतले यस्तो निर्णय गरेको हो । यसअघि पनि भारतले चीनसँग जोडिएका लोकप्रिय भिडियो एप टिकटक लगायतका ५९ मोबाइल एपमा प्रतिबन्ध लगाउने निर्णय गरेको थियो ।


सम्बन्धित शीर्षकहरु

विश्वभर जलवायु परिवर्तनको असर तीव्र रूपमा देखिन थालेपछि यो विषय अहिले विश्वको प्रमुख एजेन्डा बनेको छ। संयुक्त राष्ट्रसंघका हालैका प्रतिवेदनले…

पाकिस्तानले अफगानिस्तानका १० स्थानमा हवाई तथा ड्रोन हमला गरेको जनाएको छ। पाकिस्तानका सूचनामन्त्री अताउल्लाह तरारका अनुसार ती स्थानहरू ड्रोन लन्च…

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सम्बोधन गर्दै नेपाली प्रधानमन्त्री बालेन्द्र शाहले हालै नेपालमा आएको विनाशकारी बाढी र जलवायु परिवर्तनका असरबारे विश्व…

प्रतिकृयाहरू
...