Thursday 25th April 2024

भारतमा पबजी लगायतका ११८ माोबाइल एप माथि प्रतिबन्ध


तितोपाटी – भारतले पबजीसहित ११८ मोबाइल एप्समाथि प्रतिबन्ध लगाउने निर्णय गरेको छ । भारतको सूचना तथा प्रविधि मन्त्रालयले हिँजो बुधबार यस्तो निर्णय गरेको हो । मन्त्रालयले विज्ञप्ति जारी गर्दै यस्तो जानकारी दिएको हो ।
मन्त्रालयले सार्वजनिक गरिएको विज्ञप्तिमा यी मोबाइल एपहरु भारतको सम्प्रभुता र अखण्डता, सुरक्षा र सार्वजनिक व्यवस्थाप्रति पूर्वाग्रही रहेको बताएको छ ।

अहिले भारतले प्रतिबन्ध लगाएका एपहरुमा धेरै एप चीनसँग जोडिएका छन् । भारतको सूचना तथा प्रविधि मन्त्रालयले यो कदमले भारतको करोडौं मोबाइल र इन्टरनेट प्रयोगकर्ताको लाभ हुने बताएको छ । साथै भारतको साइबर स्पेसको सुरक्षा र सम्प्रभुता सुनिश्चित गर्ने उद्देश्यका साथ यो निर्णय लिइएको विज्ञप्तिमा उल्लेख गरेको छ ।

पछिल्लो समय चीनसँग भारतको तनाव बढिरहेको समयमा भारतले यस्तो निर्णय गरेको हो । यसअघि पनि भारतले चीनसँग जोडिएका लोकप्रिय भिडियो एप टिकटक लगायतका ५९ मोबाइल एपमा प्रतिबन्ध लगाउने निर्णय गरेको थियो ।


सम्बन्धित शीर्षकहरु

लुलु हाइपरमार्केट, यस क्षेत्रको खुद्रा प्रमुख, कुवेतमा आफ्नो सञ्चालनको २२ औं वार्षिकोत्सव ब्रान्डको अलराइ आउटलेटमा २४अप्रिलमा एक मेगा उत्सवको साथ…

मेडिकल जनरल ल्यान्सेटको पछिल्लो प्रतिवेदन अनुसार विश्वभर प्रोस्टेट क्यान्सरका घटना बढिरहेका छन् । ल्यान्सेटले यस रिपोर्टमा सन् २०२० मा प्रोस्टेट…

एएफपी-इजरायलले १५ लाख प्यालेस्टिनीको आश्रयका गाजाको दक्षिणी शहर रफाहमा सैन्य कारबाही सुरू भएमा यसले निर्दोष थप सर्वसाधारणको हताहत बढ्ने भन्दै…

प्रतिकृयाहरू
...