Monday 16th February 2026

विश्वमा कोरोना भाइरस सङ्क्रमितको संख्या दुई करोड ५६ लाख नाघ्यो


तितोपाटी- विश्वमा दुई करोड ५६ लाख ३८ हजार २३० जना कोरोना भाइरस सङ्क्रमित भएका विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले मङ्गलबार जानकारी दिएको छ ।सो संगठनकाअनुसार मङ्गलबारसम्म विश्वभरी कोरोना भाइरस सङ्क्रमणबाट आठ लाख ५४ हजार ७७५ जना कोरोना भाइरस सङ्क्रमणका कारण मृत्यु भएको छ ।

मङ्गलबार अपराह्नसम्म प्राप्त समाचारअनुसार सङ्क्रमित मध्ये हालसम्म एक करोड ७९ लाख ४२ हजार ९११ व्यक्ति कोरोना मुक्त भएका छन् । विश्वभरमा ६८ लाख ४० हजार ५४४ व्यक्ति कोरोना भाइरस सङ्क्रमित रहेका उनीहरुको उपचार भइरहेको छ । सङ्क्रमितहरु मध्ये ६१ हजार १५८ जनाको अवस्था गम्भीर रहेको जनाएको छ । कोरोना भाइरसबाट अन्त्यत प्रभावित दश ओटा देशहरुको डब्लुएचओद्वारा प्रकाशित तथ्याङ्क यी रहेका छन् ।

चीनको हुबे प्रान्तको वुहान शहरबाट गत वर्षको डिसेम्बरको अन्त्यबाट शुरु भएको कोरोना भाइरस संक्रमणको कारण संयुक्त राज्य अमेरिका सबैभन्दा बढी प्रभावित भएको छ । अमेरिकामा ६२ लाख ११ हजार ७९६ जनामा कोरोना भाइरसका सङ्क्रमित रहेका छन् । यस प्रकोपका कारण अमेरिकामा १ लाख ८७ हजार ७३६ व्यक्तिको मृत्यु भइसकेको बताइएको छ ।

ब्राजिलमा ३९ लाख १० हजार ९०१ जना कोरोना भाइरस सङ्क्रमति रहेका छन् । यहाँ १ लाख २१ हजार ५१५ जनाको मृत्यु भएको छ । भारतमा ३६ लाख ९१ हजार १६६ जना कोरोना भाइरस सङ्क्रमति रहेका छन् । यहाँ ६५ हजार ४३५ जनाको मृत्यु भएको छ ।

रुस ९ लाख ९५ हजार ३१९ जना कोरोना भाइरस सङ्क्रमित रहेका छन् भने १७ हजार १७६ जनाको मृत्यु भएको छ । पेरुमा ६ लाख ५२ हजार ३७ जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ भने २८ हजार ९४४ जनाको मृत्यु भएको छ ।

दक्षिण अफ्रिकामा ६ लाख २७ हजार ४१ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने १४ हजार १४९ जनाको मृत्यु भएको छ । कोलम्बिया ६ लाख १५ हजार १६८ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने १९ हजार ६६३ जनाको मृत्यु भएको छ ।

मेक्सिकोमा ५ लाख ९९ हजार ५६० जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने ६४ हजार ४१४ जनाको मृत्यु भएको छ । स्पेनमा ४ लाख ६२ हजार ८५८ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने २९ हजार ९४ जनाको मृत्यु भएको छ ।

अर्जेन्टिना ४ लाख १७ हजार ७३५ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने ८ हजार ६६० जनाको मृत्यु भएको छ । रासस-एएफपी


सम्बन्धित शीर्षकहरु

निरेम प्रोडक्सनले मानवतावादी पहलअन्तर्गत सुदूरपश्चिम प्रदेशको दार्चुला जिल्लास्थित ब्यास गाउँपालिका–५मा रहेको दुर्गा स्थान माध्यमिक विद्यालयलाई विद्यार्थीहरूको बौद्धिक क्षमता अभिवृद्धिका लागि…

नेपालको राजनीतिक संस्कृतिमा घोषणापत्रको विश्वसनीयता दशकौँदेखि कमजोर छ। चुनावअघि वाचा, चुनावपछि बिर्सिने परम्पराले नागरिक–राजनीति सम्बन्धमा गहिरो अविश्वास सिर्जना गरेको छ।…

नयाँ विद्रोह, पुरानो संरचना: किन अघि बढेन महावीर पुनको नवप्रवर्तन सपना ? नेपालको राजनीतिमा “नयाँ पुस्ता” वा परिवर्तनको नारासहित बनेका…

प्रतिकृयाहरू
...