Wednesday 31st December 2025

१ सय १६० दिनपछि अन्तर्राष्ट्रिय उडान खुल्दै


तितोपाटी- रोकिएको १ सय १६० दिनपछि आजदेखि अन्तर्राष्ट्रिय उडान सुरु हुँदैछ। लकडाउन सुरु हुनुभन्दा केही दिन अघिदेखि रोकिएको व्यावसायिक हवाइ उडान आज भदौ १७ बाट सुरु गर्ने गरी नागरिक उड्डयन मन्त्रालयले यसअघि नै तालिका सार्वजनिक गरेको थियो।
औपचारिक रुपमा आजबाट उडान खुले पनि सेड्युल उडान भने भोलि बुधबारदेखि सुरु हुनेछ । यसअनुसार दैनिक दुई व्यावसायिक उडान तथा एक चार्टर उडान हुनेछ।

तर यसरी यात्रुलाई नेपाल ल्याउँदा भने सरकारले तोकेका सबै मापदण्ड पूरा गर्नुपर्ने शर्त राखिएको छ।
सुरुवाती चरणमा नेपालीहरूका लागि मात्र उपलब्ध हुने हवाई सेवाबाट नेपाल आउनेले पिसीआर नेगेटिभ प्रमाण पेस गर्नुपर्ने व्यवस्था गरिएको छ।


सम्बन्धित शीर्षकहरु

गुलाम नवी मन्सुर- कुवेतस्थित नेपाली दूतावासले विगत वर्षहरूमा कुवेतमा विभिन्न कारणले ज्यान गुमाएका तथा कार्यस्थलमा दुर्घटनामा परी घाइते भएका ७८…

साउदी नेतृत्वको गठबन्धनले यमनको हद्रामौतस्थित बन्दरगाह सहर मुकाल्ला मा हवाई आक्रमण गरेको बताएको छ। गठबन्धनका अनुसार युएईको फुजैराह बन्दरगाहबाट आएका…

बंगलादेशकी पूर्वप्रधानमन्त्री तथा बंगलादेश नेशनलिस्ट पार्टी (बीएनपी) प्रमुख बेगम खालिदा जियाको निधन भएको छ । आज बिहान ६ बजे ८०…

प्रतिकृयाहरू
...