Saturday 21st March 2026

कोरोना संक्रमितको उपचार नगरे अस्पताल कारवाहीमा पर्ने


तितोपाटी – सरकारले कोरोना संक्रमितको उपचारको लागि जुनसुकै अस्पताललाइ पनि तोक्न सक्ने जनाउँदै सरकारको निर्णय पालना नगर्ने अस्पताललाइ सरकारले कारवाही गर्ने भएको छ । मन्त्रिपरिषद्को बिहीबारको बैठकले निजी, सहकरी, सरकारी, सामुदायिक जुनसुकै प्रकारका अस्पताललाई पनि कोरोना विशेष अस्पताल बनाउन सक्ने निर्णय लिएको हो । मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्ने क्रममा सरकारका प्रवक्ता अर्थ एवं संचार तथा सूचना प्रविधिमन्त्री युवराज खतिवडाले सरकारले त्यस्तो निर्णय लिएको जानकारी दिएका हुन् ।

सरकारले आवश्यकताअनुसार सामुदायिक, निजी अस्पताल र स्वास्थ्य प्रतिष्ठानलाई समेत प्रयोगमा ल्याई हाललाई कम्तीमा ६ हजार बेडको प्रबन्ध गर्ने र आवश्यकता अनुसार थप व्यवस्था गर्दै जाने निर्णय लिएको उनले बताए । त्यस्तो गर्दा कसैले विरोध गरेमा कानुनअनुसार कारबाही हुने उनको भनाइ थियो । पछिल्लो समय निजी अस्पतालका संचालकले कोरोना संक्रमणको उपचार गर्न अस्पताल प्रयोग गर्न नदिने र बाधा पार्ने भन्दै प्रतिक्रिया आए पछि सरकारले यस्तो निर्णय लिएको हो ।

त्यस्तै, उपत्यकाबाहेकका क्षेत्रमा प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले संक्रमण जोखिमको विश्लेषणको आधारमा आइसोलेसन बेडको प्रबन्ध गर्ने मन्त्रिपरिषद्ले निर्णय गरेको छ । त्यसका लागि प्रदेश कोभिड- १९ संकट व्यवस्थापन केन्द्र र जिल्ला कोभिड- १९ संकट व्यवस्थापन केन्द्रले आवश्यक समन्वय गर्ने, आइसोलेसन व्यवस्थापन र सञ्चा‍लनका लागि आवश्यक बजेट प्रदेश कोरोना रोकथाम तथा नियन्त्रण उपचार कोषबाट उपलब्ध गराउने, आइसोलेसनको सुरक्षा प्रबन्ध नेपाली सेनाले गर्ने निर्णय मन्त्रिपरिषद्ले गरेको छ ।


सम्बन्धित शीर्षकहरु

कुवेत सिटी — कुवेतस्थित नेपाली राजदूतावास र स्थानीय नेपाली संघ–संस्थाका प्रतिनिधिहरूबीच सम्पन्न विशेष बैठकले यहाँ कार्यरत नेपाली नागरिकहरूको सुरक्षा तथा…

क्षेत्रीय तनावको बढ्दो छायाँबीच Kuwait Council of Ministers को पछिल्लो बैठकले स्पष्ट संकेत दिएको छ—कुवेत आफ्नो सुरक्षा, सार्वभौमसत्ता र आन्तरिक…

मध्यपूर्व अहिले फेरि एकपटक अस्थिरताको खतरनाक मोडमा उभिएको छ। हालै International Atomic Energy Agency (IAEA) ले सार्वजनिक गरेको जानकारी अनुसार…

प्रतिकृयाहरू
...