Monday 26th October 2026

मानुषीमाथि यशराज ब्यानरको महंगो लगानी


पूर्व मिस वर्ल्ड मानुषी चिल्लर नायक अक्षय कुमारसँग चलचित्र ‘पृथ्वीराज चौहान’मा काम गरिरहेकी थिइन् । चलचित्रको ६० प्रतिशत भन्दा बढी छायांकन पनि सकिएको थियो । तर, भारतमा जारी लकडाउनका कारण चलचित्रको छायांकन पुरा हुन पाएन । चलचित्रको बाँकी सुटिङका लागि नायक अक्षय कुमारले अक्टुबर महिनामा समय दिएका छन् ।

यो चलचित्रको छायांकन नै पुरा नभएको अवस्था यशराज ब्यानरले मानुषीलाई लिएर नयाँ चलचित्र बनाउने भएको छ । मानुषीले अब नायक विक्की कौशलको साथमा पर्दा शेयर गर्नेछिन् ।कमेडी जनराको चलचित्रमा विक्कीसँग काम गर्न पाउँदा मानुषी पनि खुशी छिन् । १८ नोभेम्बरमा अक्षयसँगको चलचित्र साइन गरेकी मानुषीले १८ अगष्टमा विक्कीसँगको चलचित्र साइन गरेकी हुन् । उनी, ३ बर्ष पहिले १८ नोभेम्बरमा मिस वर्ल्ड भएकी थिइन् ।भारतीय मिडियाका अनुसार, मानुषीले यो चलचित्रका लागि पनि अडिसन दिएकी थिइन् । २ चलचित्रमा मानुषीमाथि लगानी गरेको यशराज ब्यानर उनीबाट ठूलो अपेक्षा गरिरहेको छ ।

-अनलाइनखबरबाट


सम्बन्धित शीर्षकहरु

इरानी सेनाले दक्षिणी बन्दरगाह सहर बन्दर अब्बासको आकाशमा अमेरिकी ‘लुकास’ (LUCAS) ड्रोन खसालेको दाबी गरेको छ। इरानी सरकारी समाचार एजेन्सीहरू…

यमनी हुथी विद्रोहीहरूको आक्रमणका कारण बन्द भएको साउदी अरबको राजधानी रियादस्थित किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थल दुई हप्तापछि पुनः सञ्चालनमा आएको…

अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) का अनुसार सन् २०२६ मा बंगलादेशको प्रतिव्यक्ति कुल गार्हस्थ उत्पादन (प्रति व्यक्ति जीडीपी) भारतभन्दा माथि पुग्ने…

प्रतिकृयाहरू
...