Tuesday 6th October 2026

मानुषीमाथि यशराज ब्यानरको महंगो लगानी


पूर्व मिस वर्ल्ड मानुषी चिल्लर नायक अक्षय कुमारसँग चलचित्र ‘पृथ्वीराज चौहान’मा काम गरिरहेकी थिइन् । चलचित्रको ६० प्रतिशत भन्दा बढी छायांकन पनि सकिएको थियो । तर, भारतमा जारी लकडाउनका कारण चलचित्रको छायांकन पुरा हुन पाएन । चलचित्रको बाँकी सुटिङका लागि नायक अक्षय कुमारले अक्टुबर महिनामा समय दिएका छन् ।

यो चलचित्रको छायांकन नै पुरा नभएको अवस्था यशराज ब्यानरले मानुषीलाई लिएर नयाँ चलचित्र बनाउने भएको छ । मानुषीले अब नायक विक्की कौशलको साथमा पर्दा शेयर गर्नेछिन् ।कमेडी जनराको चलचित्रमा विक्कीसँग काम गर्न पाउँदा मानुषी पनि खुशी छिन् । १८ नोभेम्बरमा अक्षयसँगको चलचित्र साइन गरेकी मानुषीले १८ अगष्टमा विक्कीसँगको चलचित्र साइन गरेकी हुन् । उनी, ३ बर्ष पहिले १८ नोभेम्बरमा मिस वर्ल्ड भएकी थिइन् ।भारतीय मिडियाका अनुसार, मानुषीले यो चलचित्रका लागि पनि अडिसन दिएकी थिइन् । २ चलचित्रमा मानुषीमाथि लगानी गरेको यशराज ब्यानर उनीबाट ठूलो अपेक्षा गरिरहेको छ ।

-अनलाइनखबरबाट


सम्बन्धित शीर्षकहरु

कुवेत सरकारले च्यारिटी तथा परोपकारी संस्थाहरूलाई आफ्नो सहयोग र आम्दानीको ठूलो हिस्सा देशभित्रै सामाजिक आवश्यकता पूरा गर्न केन्द्रित गर्न आग्रह…

भारतको सर्वोच्च अदालतले मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारको कार्यशैलीविरुद्ध दायर याचिकामाथि सुनुवाइ सुरु गरेको छ। याचिकामा विशेष अनुसन्धान टोली (एसआईटी)…

प्रधानमन्त्री बालेन्द्र शाहले देशभरका भूमिहीन, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको समस्या समाधानका लागि सरकार सक्रिय रूपमा अघि बढिरहेको बताएका छन्। सोमबार…

प्रतिकृयाहरू
...