Friday 10th April 2026

नेपालमा कोरोना संक्रमितको संख्या २४४३२ पुग्यो, १६७२८ निको भए


तितोपाटी – नेपालमा कोरोनाको जोखिम बढ्दो छ । नेपालमा पछिल्लो २४ घण्टामा थप ४८४ जनामा कोरोना संक्रमण पुष्टि भएर कुल संक्रमित संख्या २४४३२ पुगेको छ भने देश भरका अस्पताल तथा आइसोलेसन सेन्टरमामा ७६१३ जना उपचाररत रहेका छन् । पछिल्लो २४ घण्टामा ६४ जना कोरोना जितेर घर फर्केका छन् भने अहिले सम्मकै सबैभन्दा धेरै ८ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गाैतमको अनुसार बुधबार अपरान्ह सम्म कुल १६७२८ जना कोरोना संक्रमणबाट निको भएर घर फर्किएका छन् । त्यसै गरि अहिलेसम्म कोरोनाको कारण मृत्यु हुनेको संख्या ७्९ पुगेको छ । हालसम्म देशभर पीसीआर विधिबाट ४ लाख ७३ हजार  १ सय ७९ जनाको परीक्षण भएको  छ भने हाल क्वारेन्टाइनमा १४ हजार ८ सय ४६ जना रहेका छन् ।

विश्वव्यापी महामारीको रूपमा संसारभर फैलिरहेको कोरोना भाइरसबाट अहिलेसम्म २ करोड ५ लाख ८५ हजार भन्दा बढि संक्रमित भइ १ करोड ३४ लाख ९१ हजार भन्दा बढिले स्वास्थ्यलाभ गरिसकेका छन् भने ७ लाख ४७ हजार भन्दा बढिको ज्यान गइसकेको छ ।


सम्बन्धित शीर्षकहरु

अन्तर्राष्ट्रिय स्रोतहरूका अनुसार, इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्ले पाकिस्तानमार्फत वाशिंगटनलाई १०-बुँदे प्रस्ताव पठाएको छ र अप्रिल १० मा इस्लामाबादमा प्रत्यक्ष…

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि भइरहेको बमबारी र आक्रमणको अभियानलाई स्थगित गर्ने घोषणा गरेका छन् । इरानले पठाएको १० बुँदे…

गत महिना नेपालमा नयाँ प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा युवा सांसदहरूले भरिएको संसद गठन हुँदा बंगलादेशकी युवा कार्यकर्ता उमामा फतेमाले यसलाई…

प्रतिकृयाहरू
...