Thursday 8th October 2026

चलचित्र ‘बिच्छेद’मा भित्रिइन् लक्ष्मी


तितोपाटी – फिल्म ‘बिच्छेद’ छायाँकन आगामी तिहार लगतै सुरु हुने भएको छ । गत ५ चैतबाट फ्लोरमा निस्किएको फिल्मको छायाँकन लकडाउनका कारण रोकिएको थियो । अब तिहारपछि मात्र छायाँकन सुरु हुने निर्माण युनिटले जानकारी दियो ।

सत्यराज चौलागाईंको निर्देशन रहेने फिल्ममा अभिनेता मुकुन भुषाल र अभिनेत्री लक्ष्मी वर्देवा जोडीको रुपमा देखिने छन् । फिल्मका लागि पहिले अभिनेत्रीको रुपमा केकी अधिकारी भित्रिएकी थिइन् । ‘परदेशी–२’ सँग यसको छायाँकन मिति जुध्ने भएपछि उनले ‘बिच्छेद’ छाडेकी हुन् । मुकुन र लक्ष्मीले यसअघि फिल्म ‘बुलबुल’मा काम गरेका थिए ।राज पण्डित र सुबास राई निर्माता रहेको फिल्ममा सुष्मा निरौला, प्रिया रिजाल, लय सङ्ग्रौला, हिउवाला गौतम, सरिता राजउपाध्याय, जीवन थापालगायतका कलाकारको अभिनय रहनेछ ।फिल्मलाई अर्को वर्ष प्रदर्शन गर्ने निर्माण टिमको तयारी छ । रामेछापको एक गाउँमा सम्पूर्ण छायांकन हुने फिल्म प्रदर्शन पछि यही टिमले ‘अन्तरे’ निर्माण गर्नेछ ।

-रातोपाटीबाट


सम्बन्धित शीर्षकहरु

अमेरिकामा मृत्युदण्ड पाएकी क्रिस्टा पाइक नामकी महिला असफल मृत्युदण्ड प्रयासपछि अस्पतालमा होसमा आएकी छन्। उनका वकिलका अनुसार होस खुल्दा उनी…

पूर्वी जेरुसेलममा रहेको बेलायतको वाणिज्य दूतावास बन्द गर्ने इजरायलको निर्णयपछि दुवै देशबीच कूटनीतिक विवाद बढेको छ। इजरायलले कन्सुल जनरलसहित २०…

अमेरिकी संसदअन्तर्गतको कंग्रेसनल रिसर्च सर्भिस (CRS) को नयाँ प्रतिवेदनअनुसार, इरानसँगको युद्धमा अमेरिकाका ८१ वटा सैन्य विमान, हेलिकोप्टर र ड्रोन नष्ट…

प्रतिकृयाहरू
...