Saturday 31st October 2026

चलचित्र ‘बिच्छेद’मा भित्रिइन् लक्ष्मी


तितोपाटी – फिल्म ‘बिच्छेद’ छायाँकन आगामी तिहार लगतै सुरु हुने भएको छ । गत ५ चैतबाट फ्लोरमा निस्किएको फिल्मको छायाँकन लकडाउनका कारण रोकिएको थियो । अब तिहारपछि मात्र छायाँकन सुरु हुने निर्माण युनिटले जानकारी दियो ।

सत्यराज चौलागाईंको निर्देशन रहेने फिल्ममा अभिनेता मुकुन भुषाल र अभिनेत्री लक्ष्मी वर्देवा जोडीको रुपमा देखिने छन् । फिल्मका लागि पहिले अभिनेत्रीको रुपमा केकी अधिकारी भित्रिएकी थिइन् । ‘परदेशी–२’ सँग यसको छायाँकन मिति जुध्ने भएपछि उनले ‘बिच्छेद’ छाडेकी हुन् । मुकुन र लक्ष्मीले यसअघि फिल्म ‘बुलबुल’मा काम गरेका थिए ।राज पण्डित र सुबास राई निर्माता रहेको फिल्ममा सुष्मा निरौला, प्रिया रिजाल, लय सङ्ग्रौला, हिउवाला गौतम, सरिता राजउपाध्याय, जीवन थापालगायतका कलाकारको अभिनय रहनेछ ।फिल्मलाई अर्को वर्ष प्रदर्शन गर्ने निर्माण टिमको तयारी छ । रामेछापको एक गाउँमा सम्पूर्ण छायांकन हुने फिल्म प्रदर्शन पछि यही टिमले ‘अन्तरे’ निर्माण गर्नेछ ।

-रातोपाटीबाट


सम्बन्धित शीर्षकहरु

मध्यपूर्व क्षेत्रका प्रमुख विमानस्थलहरूमा सुरक्षा चुनौती र हवाई मार्गमा लगाइएका प्रतिबन्धका कारण उडान सेवा प्रभावित भएको छ। अक्टोबर २९–३० मा…

विचौलियाको आरोपमा अनुसन्धानको घेरामा रहेका इनम सापकोटासँग सर्वोच्च अदालतका उच्च पदस्थ व्यक्तिहरूको नाम जोडिएपछि न्यायपालिका यतिबेला गम्भीर विवादमा तानिएको छ।…

लगातारको वर्षासँगै आएको बाढी र पहिरोका कारण देशका विभिन्न स्थानका १२ भन्दा बढी मुख्य सडकखण्ड अवरुद्ध भएका छन्। सडक बन्द…

प्रतिकृयाहरू
...