Saturday 21st March 2026

काठमाडाैंमा १०६ जना सहित जम्मा ४६४ जना नयाँ संक्रमित थपिए, जम्मा संक्रमित २२२१४


तितोपाटी – नेपालमा कोभिड-१९ संक्रमण बढ्दो छ । राजधानी उपत्यकामा केहि दिन यता बढ्दो क्रममा रहेको कोरोना संक्रमण यथावत नै छ भने आज मात्रै पनि उपत्यकामा १०६ जना नयाँ संक्रमित थपिएका छन् । सरकारले लकडाउनको अन्त्य गरे पनि हाल कोरोना संक्रमण बढ्दै गएपछि स्थानिय प्रशासनले जिल्लागत रूपमा सेमि-लकडाउन गर्न थालेका छन् । नेपालमा पछिल्लो २४ घण्टामा थप ४६४ जनामा कोरोना संक्रमण पुष्टि भएर कुल संक्रमित संख्या २२२१४ पुगेको छ भने देश भरका अस्पताल तथा आइसोलेसन सेन्टरमामा ६३३० जना उपचाररत रहेका छन् । पछिल्लो २४ घण्टामा ४२५ जना कोरोना जितेर घर फर्केका छन् भने ५ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गाैतमको अनुसार शुक्रबार अपरान्ह सम्म कुल १५८१४ जना कोरोना संक्रमणबाट निको भएर घर फर्किएका छन् । त्यसै गरि अहिलेसम्म कोरोनाको कारण मृत्यु हुनेको संख्या ७० पुगेको छ । हालसम्म देशभर पीसीआर विधिबाट ४ लाख २७ हजार  ५ सय १ जनाको परीक्षण भएको  छ भने हाल क्वारेन्टाइनमा १० हजार २ सय ७ जना रहेका छन् ।

विश्वव्यापी महामारीको रूपमा संसारभर फैलिरहेको कोरोना भाइरसबाट अहिलेसम्म १ करोड ९३ लाख ३ हजार भन्दा बढि संक्रमित भइ १ करोड २३ लाख ९३ हजार भन्दा बढिले स्वास्थ्यलाभ गरिसकेका छन् भने ७ लाख १८ हजार भन्दा बढिको ज्यान गइसकेको छ ।


सम्बन्धित शीर्षकहरु

कुवेत सिटी — कुवेतस्थित नेपाली राजदूतावास र स्थानीय नेपाली संघ–संस्थाका प्रतिनिधिहरूबीच सम्पन्न विशेष बैठकले यहाँ कार्यरत नेपाली नागरिकहरूको सुरक्षा तथा…

क्षेत्रीय तनावको बढ्दो छायाँबीच Kuwait Council of Ministers को पछिल्लो बैठकले स्पष्ट संकेत दिएको छ—कुवेत आफ्नो सुरक्षा, सार्वभौमसत्ता र आन्तरिक…

मध्यपूर्व अहिले फेरि एकपटक अस्थिरताको खतरनाक मोडमा उभिएको छ। हालै International Atomic Energy Agency (IAEA) ले सार्वजनिक गरेको जानकारी अनुसार…

प्रतिकृयाहरू
...