Monday 6th April 2026

विश्वकै लामो मानिएको बागलुङ र पर्वत जोड्ने झोलुङ्गे पुल सर्वसाधारणको लागि खुला


तितोपाटी – विश्वकै लामो दाबी गरिएको बागलुङ र पर्वत जिल्ला जोड्ने कालीगण्डकी नदीमाथि निर्मित  झोलुङ्गे पुल सर्वसाधारणका लागि खुल्ला गरिएको छ । यो पुलको लम्बाई ५७६ मिटर छ । कोरोना संक्रमणको त्रासका कारण चैत्र ११ गते देखि भएको लकडाउन भएपनि लकडाउनकै बीचमा झोलुङ्गे पुलको निर्माण कार्य बैशाखमा सम्पन्न भएको थियो ।

कोरोना जोखिमलाई ध्यानमा राखेर पुल सर्वसाधारणका लागि खुला गरिएको थिएन । निर्माण सम्पन्न भएको चार महिनासम्म पनि पुल सञ्चालनमा नल्याएको गुनासो बढ्न थालेपछि शुक्रबारदेखि पुल सञ्चालनमा ल्याइएको हो ।

पुल सञ्चालनमा आएपछि बागलुङ र पर्वत हुँदै म्याग्दी, मुस्ताङ जाने पर्यटकलाई समेत पुलले आकर्षित गर्नेछ । यो पुल विश्वकै लामो भएको बागलुङ नगरपालिकाले दाबी गरेको छ ।

नगरपालिकाले यसको विश्व रेकर्ड कायम गर्नका लागि समेत सम्बन्धित निकायमार्फत पहल थालेको छ । सुरुमा एशियाकै लामो रहेको भने पनि सस्पेन्सन बृज डिभिजन कार्यालयको रेकर्डमा खुल्ला प्रकृतिको झोलुङ्गे पुल विश्वभर हालसम्म ४९८ मिटर भन्दा बढीको नभएको इञ्जिनियर हुमाकान्त मिश्रले जानकारी दिए।

-अन्नपुर्णपोष्ट बाट


सम्बन्धित शीर्षकहरु

कुवेतको प्रमुख खुद्रा गन्तव्य लुलु हाइपरमार्केटले टाली, कुवेतको “Buy Now, Pay Later” सेवा प्रदायकसँग साझेदारी गर्दै ग्राहकहरूलाई लचिलो र सुविधाजनक…

नेपाल पत्रकार महासंघ वैदेशिक शाखा कुवेतले महासंघको ७१औं स्थापना दिवस एक विशेष समारोहका बीच मनाएको छ। सो अवसरमा पत्रकारहरूको व्यावसायिक…

मध्यपूर्वमा जारी युद्धको धुवाँ केवल तेल बजारमा मात्र सीमित छैन, यसको असर अब नेपाली खेतबारी र भान्सासम्म फैलिन थालेको छ।…

प्रतिकृयाहरू
...