Friday 10th April 2026

नेपाल लगाएत ७ देशका नागरिकहरु तत्काल कुवेत आउन नपाउने


हरि कृष्ण न्यौपाने- कुवेत सरकारले अगस्ट १, २०२० बाट कुवेत आउन खुल्ला गर्ने निर्णय गरे पनि नेपाल लगाएत ७ वटा देशको नागरिकलाई भने तत्काल कुवेत आउन प्रतिबन्ध लगाएको छ।

कुवेतबाट प्रकाशित द टाइम्स कुवेतले समाचारमा भनेको छ” कुवेत सरकारको ३० जुलाई,२०२० बिहिबार वसेको क्याबिनेट बैठकले तत्काललाई नेपाल लगाएत ७ देशका नागरिकलाई कुवेत आउन नपाउने निर्णय ट्विट मार्फत सार्बजनिक गरेको छ।”

यसरी अगस्ट १ तारिकबाट कुवेत आउन खुल्ला गरिए पनि तत्कालका लागि प्रतिबन्ध गरिएका देशहरुमा नेपाल, बंगलादेश, फिलिपिन्स, भारत, श्रीलंका, पाकिस्तान र इरान रहेका छन।

समाचारमा कहिले सम्म र किन यी सात देशका नागरिकहरुलाई कुवेत प्रबेशमा रोक लगाईएको भन्ने बारे केही जनाईएको छैन।


सम्बन्धित शीर्षकहरु

अन्तर्राष्ट्रिय स्रोतहरूका अनुसार, इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्ले पाकिस्तानमार्फत वाशिंगटनलाई १०-बुँदे प्रस्ताव पठाएको छ र अप्रिल १० मा इस्लामाबादमा प्रत्यक्ष…

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि भइरहेको बमबारी र आक्रमणको अभियानलाई स्थगित गर्ने घोषणा गरेका छन् । इरानले पठाएको १० बुँदे…

गत महिना नेपालमा नयाँ प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा युवा सांसदहरूले भरिएको संसद गठन हुँदा बंगलादेशकी युवा कार्यकर्ता उमामा फतेमाले यसलाई…

प्रतिकृयाहरू
...