Friday 25th September 2026

नेपालमा कोरोना संक्रमित १७१७७ पुगे, ११ हजार बढी निको भए, थप एक जनाको मृत्यु


तितोपाटी – नेपालमा  पछिल्लो एक हप्ता यता कोरोना संक्रमितको संख्या घट्दो क्रममा छ । पछिल्लो २४ घण्टामा थप ११६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने एकै दिन ६९७ जनाले कोरोना जितेर डिश्चार्ज भएका छन् र थप एक जनाको कोरोनाको कारण मृत्यु भएको छ । याे सँगे कोरोना संक्रमण हुनेको कुल संख्या १७१७७ पुगेको छ भने नेपालका सतहत्तरै जिल्लामा कोरोनाभाइरस फैलिसकेको छ भने देशभरका अस्पताल तथा अाइसोलेसन सेन्टरमा मा ६११३ जना उपचाररत रहेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गाैतमको अनुसार बुधबार अपरान्ह सम्म कुल ११०२५ जना कोरोना संक्रमणबाट निको भएर घर फर्किएका छन् । त्यसै गरि रौतहटका परोहा नगरपालिकाका ३६ वर्षीय पुरुषको कोरोनाको कारण अाज निधन भएको छ भने कोरोनाको कारण अहिले सम्म ३९ जनाको ज्यान गएको छ । हालसम्म देशभरका २६ वटा ल्याबबाट पोलिमरेज चेन रियाक्सन भनिने पीसीआर विधिबाट २ लाख ९८ हजार ७ साय ६८ जनाको परीक्षण भएको  छ भने हाल क्वारेन्टाइनमा २४ हजार ५ सय २७ जना रहेका छन् । नेपालका ७७ जिल्ला मध्ये हाल भोजपुर, मनाङ, मुस्ताङ र हुम्ला जिल्लामा एक जना पनि संक्रमित छैनन् ।

विश्वव्यापी महामारीको रूपमा संसारभर फैलिरहेको कोरोना भाइरसबाट अहिलेसम्म १ करोड ३४ लाख ८७ हजार भन्दा बढि संक्रमित भइ ७८ लाख ७७ हजार भन्दा बढिले स्वास्थ्यलाभ गरिसकेका छन् भने ५ लाख ८१ हजार भन्दा बढिको ज्यान गइसकेको छ ।

 


सम्बन्धित शीर्षकहरु

विश्वभर जलवायु परिवर्तनको असर तीव्र रूपमा देखिन थालेपछि यो विषय अहिले विश्वको प्रमुख एजेन्डा बनेको छ। संयुक्त राष्ट्रसंघका हालैका प्रतिवेदनले…

पाकिस्तानले अफगानिस्तानका १० स्थानमा हवाई तथा ड्रोन हमला गरेको जनाएको छ। पाकिस्तानका सूचनामन्त्री अताउल्लाह तरारका अनुसार ती स्थानहरू ड्रोन लन्च…

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सम्बोधन गर्दै नेपाली प्रधानमन्त्री बालेन्द्र शाहले हालै नेपालमा आएको विनाशकारी बाढी र जलवायु परिवर्तनका असरबारे विश्व…

प्रतिकृयाहरू
...