Saturday 26th September 2026

नेकपा स्थायी समिति बैठक एक साताका लागि स्थगित


नेकपा स्थायी समिति बैठक एक साताका लागि स्थगित भएको छ । पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले बैठक एक साताका लागि स्थगित भएको जानकारी दिए । देशभर भैरहेको वर्षा र सिन्धुपलाञ्चोक लगायत केही जिल्लाहरुमा जनधनको ठूलो क्षति समेत भइसकेको स्थितिमा सम्पूर्ण पार्टी पंत्तिलाई उद्धार एवं राहातमा जुट्न निर्देशन दिँदै बैठक स्थगित गरिएको श्रेष्ठले बताए ।

‘देशभर भैरहेको अतिवृष्टि र सिन्धुपलाञ्चोक लगायत केही जिल्लाहरुमा जनधनको ठूलो क्षति समेत भइसकेको स्थितिमा सम्पूर्ण पार्टीपंत्तिलाई उद्धार एवं राहतमा लाग्न र आसन्न सम्भावित क्षतिलाई सकेसम्म रोक्ने कार्यमा लाग्न पार्टी के केन्द्रीय कार्यसमितिको तर्फबाट निर्देशन दिँदै स्थायी कमिटीको बैठक ७ दिन स्थगित ’, श्रेष्ठले ट्वीटरमार्फत जानकारी दिएका छन् ।

आन्तरिक विवादले यसअघि पनि स्थगित हुँदै आएको बैठक शुक्रबार बिहान ११ बजे बस्ने तय भएको थियो ।असार १० गते सुरु भएको स्थायी कमिटी बैठकमा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले दुबै पदबाट राजीनामा दिनुपर्ने माग भएपछि नेकपाको विवाद उत्कर्षमा पुगेको थियो ।विवाद समाधान गर्न अध्यक्षद्वय ओली र पुष्पकमल दाहाल प्रचण्डबीच पटकपटक छलफल र मन माझामाझ भएपनि दुबै नेता आ–आफ्नै अडानबाट पछि हटेका छैनन् । यद्यपी नेताहरुबीच सहमतिको प्रयास भने जारी रहेको छ ।

-रातोपाटीबाट


सम्बन्धित शीर्षकहरु

विश्वभर जलवायु परिवर्तनको असर तीव्र रूपमा देखिन थालेपछि यो विषय अहिले विश्वको प्रमुख एजेन्डा बनेको छ। संयुक्त राष्ट्रसंघका हालैका प्रतिवेदनले…

पाकिस्तानले अफगानिस्तानका १० स्थानमा हवाई तथा ड्रोन हमला गरेको जनाएको छ। पाकिस्तानका सूचनामन्त्री अताउल्लाह तरारका अनुसार ती स्थानहरू ड्रोन लन्च…

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सम्बोधन गर्दै नेपाली प्रधानमन्त्री बालेन्द्र शाहले हालै नेपालमा आएको विनाशकारी बाढी र जलवायु परिवर्तनका असरबारे विश्व…

प्रतिकृयाहरू
...