Wednesday 14th October 2026

मालिकनीलाई देखाउन ससुराले कुटे बुहारी


भारतमा काम गर्ने घरकी मालिकनीको लिपिस्ष्टिक र घडी चोरेको भन्दै सुसुराले बुहारीलाई मरणासन्न हुने गरी कुटपिट गरेका छन्। अछामको मंगलसेन नगरपालिका ३ लाछिमना घर भइ हाल भारतको पुनामा बस्दै आएका ससुरा कालु भुलले बुहारी भरु बिकलाई कुटपिट गरेको भिडियो सामाजिक संजालका भाइरल भएको छ। काम गर्ने घरमा मालिकनीको लिपिष्टिक र घडी चोरेको भन्दै मालिकनीलाई यसरी कुटेको भन्दै देखाउनलाई भिडियो खिचिएको बताइएको छ। भिडियो खिच्ने भरुका श्रीमान् दिनेश हुन्। भरुले एक वर्ष पहिले दिनेशसँग भागी विवाह गरेकी थिइन्। १६ वर्षीया भरुको माइती मंगलसेन नगरपालिका ७ जनालीबण्डीमा पर्छ।

सामाजिक सन्जालमा कुटपिट गरेको भिडियो सार्वजनिक भएपछि घटनाको विरोध गर्दै कानुन अनुसार कार्वाहीको माग गरिएको छ। घटनाको विषयमा छानबिन भइरहेको प्रमुख जिल्ला अधिकारी पुण्य बिक्रम पौडेलले बताए। उनले भने, ‘भिडियो निकै दर्दनाक छ, पीडक पीडित उतै भारतमा छन्, यता मुद्धा दर्ता नभए पनि घटनाको विषयमा छानविन गरिरहेका छौँ।’

-अन्नपूर्णपोष्टबाट


सम्बन्धित शीर्षकहरु

स्ट्रेट अफ हर्मुज हुँदै यात्रा गरिरहेको सिंगापुरको झण्डावाहक कन्टेनर जहाज GFS Pride क्षतिग्रस्त भएपछि डुबेको छ। जहाजमा रहेका सबै २१…

श्रीलङ्काली आप्रवासी कामदार अनोजन सिवारासाको मृत्युदण्ड खारेज, रिहाइबारे भने अझै स्पष्टता छैन रियाद/कोलम्बो, १४ अक्टोबर। साउदी अरबको सर्वोच्च अदालतले फेसबुकमा…

भारतीय गृहमन्त्री अमित शाह र नेपाली गृहमन्त्री सुधन गुरुङबीच नयाँदिल्लीमा भेटवार्ता बिम्स्टेकको पहिलो गृहमन्त्रीस्तरीय बैठकमा नेपालको प्रतिनिधित्व गर्दै गुरुङको सहभागिता,…

प्रतिकृयाहरू
...