Monday 26th October 2026

सुशान्तको अन्तिम फिल्मको ट्रेलर रिलिज


दिवंगत अभिनेता सुशान्त सिंह राजपूतको अन्तिम फिल्म दिल बेचाराको ट्रेलर सोमबार रिलिज भएको छ । उनका प्रशंसकले यसको निकै व्यग्रताका साथ प्रतिक्षा गरिरहेका थिए । त्यसैले त ट्रेलर सार्वजनिक भएको १६ घण्टामा नै यसलाई २ करोड बढीले हेरिसकेका छन् । यो अहिले दोस्रो नम्बरमा ट्रेन्डिङ भइरहेको छ । यो फिल्म जुलाई २४ मा ओटीटी प्लेटफर्म डिज्नी प्लस हटस्टारमा स्ट्रिम हुनेछ ।

करिब दुई मिनेटको यो ट्रेलरमा सुशान्त निकै छाएका छन् । ट्रेलरमा उनका उत्कृष्ट डायलग छन् जसमार्फत् उनी फिल्ममा क्यान्सरसँग जुधिरहेकी नायिका संजना सांघीलाई हँसाउने र उनको दुःख कम गर्ने कोसिस गरिरहेका छन् ।

कसरी बाँच्ने त्यो हामी निर्णय गर्न सक्छौंः
ट्रेलरमा सुशान्तको पहिलो डायलग हो, ‘तिम्रो नाम किसले राख्यो…. किसी…’ तब संजना भन्छिन्, ‘मेरो नाम किजी हो ।’ संजना भन्छिन्, ‘तिमी सुरक्षित लाग्दैनौं, सिरियल किलरजस्तो देखिन्छौ ।’ जवाफमा सुशान्तले भने, ‘म सिरियल किलर, तिमी सिरियल किसर, खत्रा जोडी छ ।’

सुशान्तको अर्को डायलग यस्तो छ, ‘एउटा थियो राजा, अर्की थिइन् रानी, दुबैको मृत्यु भयो समाप्त भयो कहानी…. तर यो कहानी अधुरो छ यसलाई ती राजा रानीले पूरा गर्छन् ।’ यसबाहेक अर्को डायलगमा उनी भन्छन्, ‘कहिले जन्मने, कहिले मर्ने त्यो हाम्रो हातमा छैन तर कसरी बाँच्ने भनेर हामी निर्णय गर्न सक्छौं ।’

-रातोपाटीबाट

सम्बन्धित शीर्षकहरु

इरानी सेनाले दक्षिणी बन्दरगाह सहर बन्दर अब्बासको आकाशमा अमेरिकी ‘लुकास’ (LUCAS) ड्रोन खसालेको दाबी गरेको छ। इरानी सरकारी समाचार एजेन्सीहरू…

यमनी हुथी विद्रोहीहरूको आक्रमणका कारण बन्द भएको साउदी अरबको राजधानी रियादस्थित किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थल दुई हप्तापछि पुनः सञ्चालनमा आएको…

अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) का अनुसार सन् २०२६ मा बंगलादेशको प्रतिव्यक्ति कुल गार्हस्थ उत्पादन (प्रति व्यक्ति जीडीपी) भारतभन्दा माथि पुग्ने…

प्रतिकृयाहरू
...