Wednesday 8th April 2026

कुवेत जेलमा रहेका २६८ जना बन्दीहरुलाई कोरोना संक्रमण,२२५ जना निको भए


हरि कृष्ण न्यौपाने – विभिन्न अभियोगमा कुवेतको केन्द्रिय जेलमा जेल सजाय भोगी रहेका बन्दीहरु मध्ये २६८ जनामा कोरोना संक्रमण देखिएको छ।कुवेतको गृह मन्त्रालयले टुईटर मार्फत जानकारी गराए अनुसार जेल जीवन बिताइ रहेका कोरोना संक्रमित २६८ जना बन्दीहरु मध्ये २२५ जनालाई निको भैसकेको छ।
कुवेतको अंग्रेजी अनलाइन पत्रीका अरब टाइम्समा जुन ११,२०२०का दिन प्रकाशित समाचारमा जनाइए अनुसार कुवेतको गृह मन्त्रालयले स्वास्थ्य मन्त्रालय संग समन्वय गरि जेलमा रहेका सम्पूर्ण बन्दीहरुलाई पिसिआर स्वाब टेस्ट गराएको थियो।जसमा २६८ जना बन्दीहरुमा कोरोना पोजेटिभ देखिएको थियो।उक्त समाचारमा भनिएको छ”संक्रमित मध्ये २२५ जना बन्दीहरु कोरोना मुक्त भएका छन भने ४३ जना बन्दीहरु अझै आइसुलेशनमा विशेष निगरानीमा रहेका छन ।”


सम्बन्धित शीर्षकहरु

गत महिना नेपालमा नयाँ प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा युवा सांसदहरूले भरिएको संसद गठन हुँदा बंगलादेशकी युवा कार्यकर्ता उमामा फतेमाले यसलाई…

कुवेतको विद्युत, पानी तथा नवीकरणीय ऊर्जा मन्त्रालयले अप्रिल ५ देखि ११, २०२६ सम्म देशका विभिन्न क्षेत्रमा प्रत्येक दिन ४ घण्टाको…

राज्यका उच्च निकाय, प्रभावशाली राजनीतिक वृत्त र ठूला व्यापारिक घरानासँग जोडिएका अनियमितता तथा सार्वजनिक सम्पत्तिको दुरुपयोगका घटनालाई उजागर गर्दै पत्रकार…

प्रतिकृयाहरू
...