Saturday 4th April 2026

कुवेतमा कोरोना संक्रमितको संख्या २९,३५९ पुग्यो, मृत्यु हुनेको संख्या २३०


हरि कृष्ण न्यौपाने – कुवेतमा कोरोना भाइरस (कोभिड-१९) बाट संक्रमितको संख्या आज जुन-०३, बुधबार,२०२० का दिन सम्म पछिल्लो २४ घन्टामा थप ७१० जना सहित २९,३५९ पुगेको छ । कोरोनाका कारण मृत्यु हुनेको संख्या थप नयाँ ४ जना सहित २३० पुगेको कुवेत स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको छ ।

कुवेतमा कोरोना संक्रमितको संख्या २९,३५९ जना मध्ये १५,७५० जनाले स्वास्थ्य लाभ गरिसकेका छन, भने पछिल्लो २४ घन्टामा १,४६९ जनाले स्वास्थ्य लाभ गरेको अरब टाईम्स अनलाइनमा जनाइएको छ ।

पछिल्लो २४ घन्टाको तथ्यांक अनुसार सबै भन्दा बढी १४३ जना भारतीय , २५६ जना कुवेती, ९१ जना इजिप्सियन र ९३ जना बंगालादेशी नागरिक सहित अन्य विभिन्न देशका नागरिक समेत रहेका छन ।

कोरोना भाइरस सबैभन्दा बढी फर्वानिया क्षेत्रमा २५६ जना, हवालीमा ८८ जना, सिटीमा-७० जना, जाहारामा १४० र अहमादीमा १३० जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ ।

कोरोना भाइरसबाट संक्रमित २९,३५९ जना मध्ये १३,३७९ जना अस्पतालमा उपचाररत छन भने १९१ जनाको स्वास्थ्य अवस्था निकै गम्भीर रहेको छ । कुवेतमा अहिलेसम्म ३,०३,२८५ जनाको कोरोना परिक्षण गरिएको छ ।

पछिल्लो २४ घन्टामा २,९३४ जनाको स्वाब परिक्षण गरिएको अरब टाईम्स अनलाइनमा जनाइएको छ ।
गत मेई ०३ बाट कोरोना संक्रमित नेपालीको संख्या ८४ जना देखाएको थियो तर अहिले कति संक्रमित छन भन्नेबारेमा कुनै जानकारी प्राप्त भएको छैन ।कुवेतमा कोरोना भाइरसको कारण २ जना नेपालीको मृत्यु र क्वारेन्टाइनमै रहेको अबस्थामा एक नेपालीले आत्महत्या गरेका छन।


सम्बन्धित शीर्षकहरु

५० वर्षभन्दा बढी समयपछि नासाले फेरि मानवसहितको चन्द्र अभियान सुरु गरेको छ। आर्टेमिस–२ को सफल प्रक्षेपण केवल एउटा अन्तरिक्ष मिशन…

नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल र पोर्चुगलका परराष्ट्रमन्त्री पाउलो रंगेलबीच भएको टेलिफोन संवादलाई सामान्य शिष्टाचार वार्ताको रूपमा मात्र हेर्न मिल्दैन। यो…

भारतको नेपालसँगको सीमा यति खुकुलो छ कि काम, अनौपचारिक व्यापार र सामाजिक अन्तरक्रियाका लागि मानिसहरूको आवागमनले घरेलु र विदेशी मामिलाहरू…

प्रतिकृयाहरू
...