Friday 3rd April 2026

अन्तरजातीय प्रेम – कविता


विश्व रूवायो कोरोनाले,
पोलेको छ छाती ।
अर्को तिर छुवाछूतको,
बज्र हामी माथी ।।

प्रेम गर्नु पाप होइन,
भूल पनि थिएन ।
कस्तो जन्जिर होला,
एक हुन दिएन ।।

सुन्दा पनि अजिब अनि
अचम्म  लाग्छ हेर ।
जात सानो हुनाले नै,
जान्छ ज्यान खेर ।।

सोचे जति सबै कुरा,
अन्धविश्वास नै भयो ।
प्रेम कै लागि यहाँ,
कतिको ज्यान गयो ।।

कस्तो क्रूर कति निर्दयी,
समाज पनि त्यहाँ ।
सुन्दा पनि अजिब लाग्छ,
त्यो घटना यहाँ ।।

जनावर होइन होला,
किन लखेट्नु पर्ने ।
नत्र भने मानविय,
ब्यवहार गर्नु पर्ने ।।

मानवियता हराएको कस्तो,
समाज होला हेर ।
सुन्दा पनि कति गाह्रो,
भयो मन जलेर ।।

तिम्रै लागि बाचेकी छु,
लिन आउन प्रिय भनी ।
पियारी लाई लिन जादा,
धेरै आए लास बनी ।।

बाबा आमाको जिउने सहारा,
हेर त्यसै मर्यो ।
बुहारी लिन्छु भन्ने छोरो,
त्यसै लास पर्यो ।।

रचनाकार – गीता बिश्वकर्मा
जलजला-२, बगरफाट, पर्वत


सम्बन्धित शीर्षकहरु

नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल र पोर्चुगलका परराष्ट्रमन्त्री पाउलो रंगेलबीच भएको टेलिफोन संवादलाई सामान्य शिष्टाचार वार्ताको रूपमा मात्र हेर्न मिल्दैन। यो…

भारतको नेपालसँगको सीमा यति खुकुलो छ कि काम, अनौपचारिक व्यापार र सामाजिक अन्तरक्रियाका लागि मानिसहरूको आवागमनले घरेलु र विदेशी मामिलाहरू…

इरान युद्धका कारण पश्चिम एसियाबाट प्राकृतिक ग्यास र एलएनजी आपूर्तिमा आएको अवरोधले भारतको युरिया उत्पादनमा गम्भीर धक्का लागेको छ। उद्योग…

प्रतिकृयाहरू
...