Thursday 12th March 2026

अन्तरजातीय प्रेम – कविता


विश्व रूवायो कोरोनाले,
पोलेको छ छाती ।
अर्को तिर छुवाछूतको,
बज्र हामी माथी ।।

प्रेम गर्नु पाप होइन,
भूल पनि थिएन ।
कस्तो जन्जिर होला,
एक हुन दिएन ।।

सुन्दा पनि अजिब अनि
अचम्म  लाग्छ हेर ।
जात सानो हुनाले नै,
जान्छ ज्यान खेर ।।

सोचे जति सबै कुरा,
अन्धविश्वास नै भयो ।
प्रेम कै लागि यहाँ,
कतिको ज्यान गयो ।।

कस्तो क्रूर कति निर्दयी,
समाज पनि त्यहाँ ।
सुन्दा पनि अजिब लाग्छ,
त्यो घटना यहाँ ।।

जनावर होइन होला,
किन लखेट्नु पर्ने ।
नत्र भने मानविय,
ब्यवहार गर्नु पर्ने ।।

मानवियता हराएको कस्तो,
समाज होला हेर ।
सुन्दा पनि कति गाह्रो,
भयो मन जलेर ।।

तिम्रै लागि बाचेकी छु,
लिन आउन प्रिय भनी ।
पियारी लाई लिन जादा,
धेरै आए लास बनी ।।

बाबा आमाको जिउने सहारा,
हेर त्यसै मर्यो ।
बुहारी लिन्छु भन्ने छोरो,
त्यसै लास पर्यो ।।

रचनाकार – गीता बिश्वकर्मा
जलजला-२, बगरफाट, पर्वत


सम्बन्धित शीर्षकहरु

मध्यपूर्वमा बढ्दो सैन्य तनावले अब केवल सैन्य शक्ति वा तेलको राजनीतिमा मात्र सीमित रहने संकेत देखिदैन। पछिल्ला घटनाक्रमले यो द्वन्द्व…

भारतको सर्वोच्च अदालतले पहिलोपटक इच्छा मृत्युको अनुमति दिने ऐतिहासिक फैसला सुनाएको छ । अदालतले गाजियाबाद घर भइ १३ वर्षदेखि अचेत…

सम्पादकीय तितोपाटी डटकम आजको नेपाली राजनीतिमा नागरिकहरू केवल दर्शक मात्र होइनन्, प्रश्न गर्ने सचेत शक्ति बनेका छन्। विशेषगरी पछिल्ला वर्षहरूमा…

प्रतिकृयाहरू
...