Saturday 4th April 2026

कुवेतमा स्याङ्जाका अर्नुज गुरुङको मृत्यु


हरि कृष्ण न्यौपाने -स्याङ्जा घर भई कुवेतमा कार्यरत ३७ बर्षिय अर्जुन गुरुङको हृदयघातको कारण मृत्यु भएको छ।प्राप्त जानकारी अनुसार गुरुङलाई एक्कासी स्वास्थ्यमा समस्या देखिए पछि आदान अस्पताल लगिएकोमा डाक्टरले हृदयघातको कारण मृत्यु भएको बताएको हो।उनको मृत्यु गत मेई २१ बिहिबार भएको हो।
नेपाली राजदूतावासका अनुसार राहदानी नं- ०६१६४४७४ भएका मृतक गुरुङ कुवेतको अल समस्या क्लिनिङ कम्पनीमा कार्यरत थिए ।मृतकको कम्पनी र परिवारसंग समन्वय गरेर कानुनी प्रकृया पूरा गर्न दूतावासले काम थालिसकेको छ।


सम्बन्धित शीर्षकहरु

५० वर्षभन्दा बढी समयपछि नासाले फेरि मानवसहितको चन्द्र अभियान सुरु गरेको छ। आर्टेमिस–२ को सफल प्रक्षेपण केवल एउटा अन्तरिक्ष मिशन…

नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल र पोर्चुगलका परराष्ट्रमन्त्री पाउलो रंगेलबीच भएको टेलिफोन संवादलाई सामान्य शिष्टाचार वार्ताको रूपमा मात्र हेर्न मिल्दैन। यो…

भारतको नेपालसँगको सीमा यति खुकुलो छ कि काम, अनौपचारिक व्यापार र सामाजिक अन्तरक्रियाका लागि मानिसहरूको आवागमनले घरेलु र विदेशी मामिलाहरू…

प्रतिकृयाहरू
...