Saturday 31st January 2026

कुवेत मा रहेका नेपालीहरु अतालिन थाले


तोयानाथ उपेक्षित, सरकारले कोभिड १९ बाट मुलुक जोगाउन भन्दै अन्तराष्ट्रिय उडान समेत जेष्ठ मसान्त सम्मलाई बन्द गरेको अवस्थामा विदेशमा विचल्ली पर्नेहरु झन त्रास र अभावमा बस्न बाध्य भएका छन । यो निश्चित छैन की कहिले खुल्छ ? प्रम को संसदमा भएको सम्बोधनले पनि यहि कुरा स्पष्ट पारेको छ विदेशमा रहेका नेपालीहरुको उद्दार सरकारको प्राथामिकतामा छैन ।

हिजै मात्र कोभिड १९ संक्रमित एक ३७ बर्षिय युवाले ज्यान गुमाएको खबर फैलिए सँगै यहाँ रहेका नेपालीहरु अतालिएका छन । अनुमानित १५० भन्दा धेरै नेपाली संक्रमित छन । भोली अरु यस्ता अप्रिय समाचार सुन्दै जान पर्ने हुन सक्छ । दैनिक जसो १ हजार भन्दा धेरै मा संक्रमण फैलन थाले पछि कसरी सुरक्षित रहने भन्ने चिन्ता सर्वत्र छाएको छ । तीन महिना देखि काम दाम बन्द भएर, भिषा सकिएर, राजीनामा दिएर घर जान नपाएकाहरुमा मानशिक तनावले अवस्था झनै सोचनिय र संबेदनशिल बन्दै गएको छ ।

सेल्टरमा एम्नेष्टिको उपभोग गर्न छिरेका २५ सय भन्दा धेरै नेपालीहरु त्यहाँ १ महिना देखि बस्न पर्दा उसरी नै अतालिएका छन । कतै एक जना विमारी हुने वित्तिकै कोरोनाको आशंका गर्दै अतालिने गरेको पाईन्छ । ट्राभल डकुमेन्ट दिएर पनि किन लगेन बरु जहाँ थियौ ठिकै थियौ भन्ने उनीहरुको स्वर नाजायज हैन । घर जान पाउ भनेर उनीहरुले हाँर गुवाँर गर्दै सामाजिक संञ्जाल तताईरहदा बोलेका कुरा सवै सत्य नभए पनि त्यसलाई अन्यथा लिन हुदैन । उनीहरुले त्यसरी बोलेको कुरालाई दवावका रुपमा बुझ्न पर्ने मा झुठो बोले भन्दै सामाजिक सञ्जालमा अर्नगल टिकाटिप्पणी गर्ने काम एकदमै निन्दनिय छ ।

अप्रिलको ११ तारिकबाट विचल्लीमा परेका तथा खाद्य संकट वेहोरिरहेका नेपालीहरुलाई हिजो आजसँम्म पनि एनआरएन ले सकेको राहात उपलब्ध गराएको कुरा एकदमै सराहनीय छ । तर अव कोभिडको तिब्र संक्रमण र फैलाहटका कारण स्वय सेवक बनेर खटिएका एनआरएनएका सदस्य तथा पदाधिकारीहरु आफ्नो सुरक्षा फस्ट भन्दै हात झिकेको अवस्थामा भोलीका दिन तीनका लागि जो खानैको समस्याले छटपटाएका छन कस्तो होला ? अब आफ्नो जीवनको सुरक्षा र खानाको जोह आफै गर्न पर्ने अवस्थामा निसाहय बनेकाहरु ले के गर्लान ? गंभिर अवस्था हो यो । एनआरएन ले हात उठाए पछि अरु कसले मद्दत गर्न सक्छ ? संकटको घडीमा यी चुनौतीहरु सँग पिडित ले आफै लड्न पर्ने अवस्था मा खान कै लागि घर बाट पैसा मगाउन पर्ने दिन पनि आउदैनन भन्न सकिन्न ।

नेपाल सरकारले कमसे कम सेल्टरमा रहेकालाई आज भोली सम्ममा लगिसकेको भए अरुले पनि हाम्रो पालो आउला की भनेर आशै आशामा दिन कटाउने थिए तर तीनलाई कुवेत सरकार आफैले पुरयाई दिन्छु भनिएको कुरा समेत लाई सरकारले नजरअन्दाज गरिरहेको अवस्थामा सेल्टर बाहिरका नेपालीहरु जसको विकल्प घर जान भन्दा अरु छैन तिनले आउदा दिन कसरी विताउने हो ? सोचनिय छ ।

करिब २० हजारको नजिक कुवेतमा कोभिड संक्रमण भईसकेको छ । यहि रप्तारले फैलिदै जादा अस्पताल भर्ना हुन समेत विमारी ले नपाउने दिन आउन सक्दछ । सरकारको क्षमता भन्दा धेरै विमारी भए पछि त्यो स्वभाविक पनि हो । कयौ देशहरुमा उपचार वा अस्पताल नपाएर मर्नेको संख्या र समाचार हामीले पढेकै छौ । यहाँ त्यस्तो दिन आईसकेको त छैन तर आउदैन भन्न पनि सकिन्दैन त्यसैले अहिले सवैले दवाव दिने भनेको घर फर्कन पाउ भन्ने नै हो । यसैमा सरकारको सम्पूर्ण ध्यान पुगोस भनेर आ आफ्नो क्षेत्रबाट दवाव दिने नै हो । कोभिड को समस्या चाडै अन्त्य हुने अवस्थामा छैन ।

नेपाल छाडेर विभिन्न देशले आफ्ना नागरिक ओसारिरहेका छन । आजै मात्र ईन्डिगो एयर ले २३ वटा उडान कुवेतका लागि संचालन गर्ने घोषणा गरेको छ । बंगलादेश, पाकिस्तान जस्ता कम क्षमता भएका देशले पनि विदेशमा रहेका आफ्ना नागरिकलाई ओसारिरहेका छन । नेपालले यसको शुरुवात किन गर्दैन ? के विदेशमा रहेका आफ्ना नागरिक नचाहिएको हो ?


सम्बन्धित शीर्षकहरु

भेनेजुएलाले आफ्नो तेल क्षेत्रमाथिको दशकौँ पुरानो राज्य नियन्त्रण हटाउने विधेयक पारित गर्नु केवल नीतिगत सुधार मात्र होइन, यो देशको आर्थिक,…

बेलायती प्रधानमन्त्री केयर स्टारमर र चिनियाँ राष्ट्रपति सी जिनपिङ बीचको हालैको भेट केवल कूटनीतिक औपचारिकता मात्र होइन, तर परिवर्तनशील विश्वव्यापी…

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई उसको आणविक कार्यक्रमबारे वार्ताका लागि समय सकिँदै गएको भन्दै कडा चेतावनी दिएका छन्। यो चेतावनी…

प्रतिकृयाहरू
...