Friday 13th March 2026

कुवेतमा पछिल्लो २४ घन्टामा १,०४१ जनामा कोरोना संक्रमण, ५ जनाको मृत्युु


तितोपाटी – कुवेतमा कोरोना भाइरस (कोभिड-१९) बाट पछिल्लो २४ घन्टामा १,०४१ जना संक्रमित भएका छन, भने ५ जनाको मृत्युु भएको कुवेत स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको छ ।

कुवेतमा आजसम्ममा १८,६०९ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ, भने १२९ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घन्टामा ३२० जनाले स्वास्थ्य लाभ गरेका छन ।

पछिल्लो २४ घन्टाको तथ्यांक अनुसार सबै भन्दा बढी  ३२५ जना भारतीय नागरिक रहेका छन, भने २११ जना कुवेती नागरिक, १७७ जना इजिप्सियन र १३९ जना बाङ्लादेशका नागरिक सहित अन्य देशका नागरिक समेत रहेको अरब टाइम्स अनलाइनमा जनाइएको छ ।

कुवेतको स्वास्थ्य मन्त्रालयले दिइएको जानकारी अनुसार जम्मा १८,६०९ जना कोरोना संक्रमित मध्ये अहिले सम्म ५,२०५ जनाले स्वास्थ्य लाभ गरिसकेका छन । कोरोना भाइरसबाट  संक्रमित १३,२७५ जना विभिन्न अस्पतालमा उपचाररत छन भने १८१ जनाको स्वास्थ्य अवस्था निकै गम्भीर रहेको छ ।


सम्बन्धित शीर्षकहरु

पाल्पा । राष्ट्रिय फूल लालीगुँरासको संरक्षण र यसको महत्वबारे जनचेतना फैलाउने उद्देश्यले युवा सामाजिक अभियन्ता सुशिल बस्याल ‘राष्ट्रप्रेमी’ सक्रिय भएका…

मध्यपूर्वमा बढ्दो सैन्य तनावले अब केवल सैन्य शक्ति वा तेलको राजनीतिमा मात्र सीमित रहने संकेत देखिदैन। पछिल्ला घटनाक्रमले यो द्वन्द्व…

भारतको सर्वोच्च अदालतले पहिलोपटक इच्छा मृत्युको अनुमति दिने ऐतिहासिक फैसला सुनाएको छ । अदालतले गाजियाबाद घर भइ १३ वर्षदेखि अचेत…

प्रतिकृयाहरू
...