Sunday 18th January 2026

नेपाली काङ्ग्रेसले बिदेशमा अलपत्र नेपालीको तथ्यांक संकलनको लागि रेस्क्यू नेपाली एप र वेबसाईट सार्वजनिक


तितोपाटी – नेपाली कांग्रेस पार्टी तथा पार्टीको सुचना तथा सञ्चार नेटवर्कले बिदेशमा कोरोना भाइरसबाट रोजगार गुमाएर अलपत्र परेर स्वदेश फर्किन चाहने नेपालीको तथ्यांक संकलन गर्नको लागी रेस्क्यू नेपाली एप र वेबसाईट सार्वजनिक गरेको छ ।

कोरोना भाइरस भयावहका कारण विश्वभरबाट स्वदेश फर्कन चाहने, विदेशमा रोजगारी गुमाएका, राहत तथा उद्धारमा खटेका नेपालीहरुको तथ्याङ्क संकलन गरि नेपाल सरकारलाई दवाब र रचनात्मक सहयोगको अभियान शुरु गर्न लागेको जनसम्पर्क समिति कुवेत सभापति राजेन्द्र बिरहीले तितोपाटीलाई बताएका छन ।

तलको लिंकमा आफनो डाटा भरि यो अभियानलाई सहयोग गर्न बिदेशमा कार्यरत सम्पूर्ण नेपालीलाई  आह्वान गरिएको छ ।

“संकटमा उद्दार मातृभूमिको कर्तव्य”

1,https://play.google.com/store/apps/details?id=com.awesomewalpaper

2,http://www.nepalicongress.org/rescuenepali


सम्बन्धित शीर्षकहरु

गैरआवासीय नेपाली संघ (एनआरएनए) को १२औं महाधिवेशनको मिति सरेको छ । आगामी फेब्रुअरी २२ देखि २५ सम्मका लागि तय गरिएको…

निर्वाचन आयोगले गगनकुमार थापालाई नेपाली कांग्रेसको आधिकारिक सभापतिको मान्यता दिएको छ। राजनीतिक दलसम्बन्धी ऐनको दफा ५१ अनुसार विवरण अद्यावधिक गर्दै…

कुवेतको Public Authority for Manpower (जनशक्ति प्राधिकरण) ले कर्मचारी बहिर्गमन अनुमतिपत्र (Exit Permit) प्रक्रियालाई सहज बनाउन पूर्व-अनुमोदन सुविधा लागू गरेको…

प्रतिकृयाहरू
...