Thursday 2nd April 2026

ज्ञानि मान्छे – कविता


मुर्ख साथी भए पछि दुख पाइदो रैछ
त्यसैले त ज्ञानि मान्छे एउटा चाइदो रैछ
त्यसै पढ्ने हैन रैछ बीस पच्चीस बर्ष
मन बुझ्ने मान्छे भए हुदो रैछ हर्ष ।

सहि बिचार लिने मान्छे नजिक आएदेखी
जीवन पनि स्वर्ग लाग्छ उनलाई पाएदेखी
बोली मिठो, राम्रो सोच सधैं हास्ने बानी
ज्ञानि मान्छे, मिहिनेती उनी मेरो रानी ।

भेट हुँदा, कुरा हुँदा मिठो मिठो बोल्दा
मलम जस्तो उनको आवाज दिलभित्र पोल्दा
सपनामा सजायको उनको माया मैले
हासिखुसी बितिराछ जिन्दगानी ऐले ।

भाग्यमानी सोच्छु आफै उनलाई पायपछी
बास्ना चल्छ फुलबारीमा हावा आयपछी
फूल जस्तो उनको मन बास्ना जस्तो बोली
मिठो निन्द्रा सङ्गसङ्गै लाग्छ आजभोलि।।

– छवि राम सुनार (निर्दोष) डेढगाउँले भान्जा हाल,कुवेत


सम्बन्धित शीर्षकहरु

नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल र पोर्चुगलका परराष्ट्रमन्त्री पाउलो रंगेलबीच भएको टेलिफोन संवादलाई सामान्य शिष्टाचार वार्ताको रूपमा मात्र हेर्न मिल्दैन। यो…

भारतको नेपालसँगको सीमा यति खुकुलो छ कि काम, अनौपचारिक व्यापार र सामाजिक अन्तरक्रियाका लागि मानिसहरूको आवागमनले घरेलु र विदेशी मामिलाहरू…

इरान युद्धका कारण पश्चिम एसियाबाट प्राकृतिक ग्यास र एलएनजी आपूर्तिमा आएको अवरोधले भारतको युरिया उत्पादनमा गम्भीर धक्का लागेको छ। उद्योग…

प्रतिकृयाहरू
...