Monday 16th March 2026

कविता-घर जान पाउँ


रजनी ढुंगाना- मसंगै आएका , पल्ला गाउका बीरबहादुर ,

घर छेउकै साइला ,दुखमा पनि मुसुक्क हास्ने रामचन्द्र उराव,
पुक्लुक्क पुक्लुल ढलेको हेरेर आए,

सानी छोरीलाई बोर्डिंग पढाउछु , डाक्टर बनाउछु भन्ने
स्याम दर्जी उनकै सपना झैँ ,
अधुरो भएको हेरेर आए,

मलाई तिनीहरु झैँ ,मलामी बिना
खात माथि खात बनि

खाल्डोमा पुरिनु छैन,
राम नाम नसुनी बैकुण्ठ जानु छैन,

पसिना बगाएर रेमिट्यान्स पठाए,
जवानीका कैयौ प्रहर नियास्रोमा बिताए,

अब मलाइ यो परदेशमा एक्लै मर्नु छैन ,

मलाइ थाहा छ , सयकडा तिनको ब्याज
अझै सकिएको छैन,
सानिको फिस , बाउको औषधी ,

खित्रिंग मित्रिंग धेरै गर्जो
मेरै पसिनाले टरेको छ,

तर अब शरीरमा पसिना छैन बाकि
अत्यासमा,अन्यौलमा , साथि गुमेको पिडामा
आखा बाट बगिसके

म रित्तो भैसके,

सरकार मलाई यहा बाट लैजाउ,
म घर आउन चाहन्छु,
म खाडीको बगरमा पुरिन होइन ,
पशुपतिमा जल्न चाहन्छु।


सम्बन्धित शीर्षकहरु

लद्दाखका एक प्रसिद्ध कार्यकर्ता तथा वैज्ञानिक सोनम वाङचुकलाई जेलबाट रिहा गरिएको छ। तर सरकारले यो निर्णय किन गर्‍यो र लद्दाखका…

काठमाडौं — Non-Resident Nepali Association (एनआरएनए) को १२औँ विश्व सम्मेलन तथा महाधिवेशनमा ४ हजार २८६ प्रतिनिधि सहभागी हुने भएका छन्।…

गैरआवासीय नेपाली संघको यही मार्च १४–१६, २०२६ मा सम्पन्न हुन गइरहेको १२औँ एकता अन्तर्राष्ट्रिय महाधिवेशनमा कुवेतबाट मध्यपूर्व संयोजक पदका लागि…

प्रतिकृयाहरू
...