Friday 13th February 2026

कविता-घर जान पाउँ


रजनी ढुंगाना- मसंगै आएका , पल्ला गाउका बीरबहादुर ,

घर छेउकै साइला ,दुखमा पनि मुसुक्क हास्ने रामचन्द्र उराव,
पुक्लुक्क पुक्लुल ढलेको हेरेर आए,

सानी छोरीलाई बोर्डिंग पढाउछु , डाक्टर बनाउछु भन्ने
स्याम दर्जी उनकै सपना झैँ ,
अधुरो भएको हेरेर आए,

मलाई तिनीहरु झैँ ,मलामी बिना
खात माथि खात बनि

खाल्डोमा पुरिनु छैन,
राम नाम नसुनी बैकुण्ठ जानु छैन,

पसिना बगाएर रेमिट्यान्स पठाए,
जवानीका कैयौ प्रहर नियास्रोमा बिताए,

अब मलाइ यो परदेशमा एक्लै मर्नु छैन ,

मलाइ थाहा छ , सयकडा तिनको ब्याज
अझै सकिएको छैन,
सानिको फिस , बाउको औषधी ,

खित्रिंग मित्रिंग धेरै गर्जो
मेरै पसिनाले टरेको छ,

तर अब शरीरमा पसिना छैन बाकि
अत्यासमा,अन्यौलमा , साथि गुमेको पिडामा
आखा बाट बगिसके

म रित्तो भैसके,

सरकार मलाई यहा बाट लैजाउ,
म घर आउन चाहन्छु,
म खाडीको बगरमा पुरिन होइन ,
पशुपतिमा जल्न चाहन्छु।


सम्बन्धित शीर्षकहरु

क्यान्सर रोगबाट पीडित हल्दिबारी गाउँपालिका वडा नं. ४ निवासी प्रेम कुमारी लिम्बुको उपचार सहयोगार्थ विभिन्न व्यक्ति तथा संस्थाको पहलमा आर्थिक…

निर्वाचन आयोगले आचारसंहिता लागू भइसकेपछि कुनै पनि राजनीतिक दलले “मतदाता प्रभावित पार्ने भड्किलो प्रचार वा शक्ति प्रदर्शन” गर्न नपाउने जनाएको…

-नारायण कोइराला मन्दिर भित्र पस्दैथिएँ।एक्कासी मन्दिरको पर्खाल भत्कियो। मन्दिरभित्रका देउतामा डर,त्रास केही देखिनँ। पर्खालका ढुंगा आपसमा ठोकिएर फुटे। जताततै छितारिए।…

प्रतिकृयाहरू
...