Wednesday 14th January 2026

कुवेतमा २० दिनका लागि कठोर लकडाउन


तोयानाथ उपेक्षित, कुवेतमा कोरोनाको संक्रमण दिनहु बढ्न थाले पछि यहाँको सरकारले पूर्ण रुपमा लक डाउन गर्ने घोषणा गरेको छ । आईतवार अर्थात मई महिनाको १० तारिक अपरान्ह ४ बजे बाट शुरु हुने लक डाउन मइ ३० तारिक समाप्त हुने छ ।

फेब्रवरी २४ मा तीन जनामा देखिएको कोरोनाको संक्रमण हाल ७२०८ जनामा देखिएको छ । आजै मात्र संक्रमितको संख्या हाल सम्मकै धेरै ६४१ जनामा देखिए पछि आपतकालिन घोषणा कुवेत सरकारले गरेको हो । सरकारका प्रबत्ता तारिक अल मुजारम ले उक्त कुराको घोषणा गरेका हुन । विस्तृत विवरण केही बेर पछि पत्रकार सम्मेलन मार्फत दिईने भनिएको छ । एक प्रकारले कुवेत २ महिनाबाट नै लक डाउनमा छ भने जीलिप र माहाबुल्ला क्षेत्रलाई आईसोलेट गरिएको आज एक महिना नाघेको छ । अब हुने लक डाउनलाई कफर्युका रुपमा हुन सक्ने अनुमान गरिन्दैछ ।

कोरोनाका का कारण कुवेतमा हाल सम्म ४७ जनाले ज्यान गुमाईसकेका छन । नेपालीहरु कति संक्रमित भए भन्ने आधिकारीक तथ्यांक आएको छैन तर एक अनुमान अनुसार सो संख्या १०० भन्दा धेरै हुन सक्ने बताईएको छ ।


सम्बन्धित शीर्षकहरु

नेपाल मगर संघ शाखा कुवेतको पाँचौं ऐतिहासिक अधिवेशन कार्यक्रम माघे संक्रान्तिको अवसरमा आगामी जनवरी १६ तारिख शुक्रबार बिहान ११ बजे…

राष्ट्रपति डोनाल्ड ट्रम्पले मंगलबार भने कि यदि इरानका अधिकारीहरूले सरकार विरुद्धको लोकप्रिय विद्रोहको दमनमा मानिसहरूलाई फाँसी दिन थाले भने संयुक्त…

गुलाम नवी मन्सुर/ कुवेत - नेपाली राजनीतिको रङ्गमञ्चमा यतिबेला एउटा यस्तो 'नग्न नाच' मञ्चन भइरहेको छ, जसलाई हेरेर दर्शक (जनता)हरू…

प्रतिकृयाहरू
...