Saturday 4th April 2026

“घर जान पाउँ”अभियान किन र कसका लागि ?

हरि कृष्ण न्यौपाने- कुवेत-कोरोना भाइरस(कोभिड-नाइन्टिन)को प्रकोपले बिश्व त्रसित छ।चीनको बुहानबाट २०१९ को कृशमस नसकिदै शुरु भएको भनिएको कोरोना प्रकोप यस्तो फैलियो कि,करिब ६ महिनामा यसले बिश्व भर नराम्रा असरहरु मात्र पार्यो।अहिले बिश्वका अधिकांश देशहरू कोरोना प्रकोपको संक्रमण रोक्न लकडाउन (बन्दा-बन्दि)को अबस्थामा छ।घरदेश होस या परदेशमा रहेका लाखौ नेपाली श्रमिक दाजुभाई-दिदिबहिनीहरुको रोजिरोटिमा पनि कोरोना प्रकोप र यस प्रकोपबाट श्रृजित असाधारण अबस्थाले प्रत्यक्ष वा अप्रत्यक्ष असरहरु परिसकेका छन।जसका कारण धेरै नेपालिहरु कोरोनाबाट संक्रमित भएका छन भने केहिले कोरोनाकै कारण ज्यान गुमाएका छन। लाखौं नेपाली श्रमिकहरु बिदेशमा रोजगारी गुमाएर वा अन्य बिबिध कारणहरुले स्वदेश फर्कनै पर्ने बाध्यात्मक अबस्थामा पुगेका छन।यति हुँदा-हुँदै पनि लकडाउन र उडान प्रतिबन्धका कारण उनिहरु गन्तव्य मुलुकमै अड्किएका छन।
नेपालिहरुको रोजगारिको मुख्य गन्तव्य मुलुलहरु कुवेत,कतार,यूएई,साउदी,ओमन, बहराइन तथा मलेशिया पनि कोरोना प्रकोपको कारण लामो समय देखि पूर्ण वा आंशिक लकडाउनमा छन।अत्यावश्यक बाहेकका अन्य ब्यापार-ब्यबसाय तथा आबात-जावत बन्द भएका कारण धेरै श्रमिकहरुको दैनिकी कष्टकर बनिरहेको छ।सस्तोमा श्रम बेच्न पुगेका लाखौं नेपाली श्रकिक दाजुभाई-दिदिबहिनीहरुले रोजिरोरी गुमाएका छन।कतिले त फेब्रुअरी महिना देखिको पारिश्रमिक पाएका छैनन।धेरैलाई बिहान-बेलुका खान देखि बस्ने बास सम्मका समस्याहरुले परदेशमा सताउन थालेको छ।
विशेष गरि कोरोना प्रकोपकै कारण धेरै कल-कारखाना,मनोरञ्जन,होटल-रेष्टुरेन्ट,ब्यापारिक भबनहरु,ब्यूटी पार्लर,सार्बजनिक यातायात-ट्याक्सी,राष्ट्रिय-अन्तरास्ट्रिय विमान स्थलहरु लगाएत प्राय: सबै क्षेत्रहरू लामो समय देखि बन्द भएका छन।यसका कारण लाखौ नेपाली श्रमिक दाजुभाइ-दिदिबहिनीहरु कामबाट निकालिएका छन।धेरैलाई कम्पनी सामान्य अबस्थामा नफर्किदा सम्मका लागि लामो छुट्टि दिईएको छ।त्यस्तै गरि “नो वर्क नो पे” भनी कोठामै राखिएका,बार्षिक बिदा कटौती गरि राखिएका,कम्पनीको करार सकिएर वा स्वैच्छिक रुपमा स्वदेश फर्किने क्रममा रहेका, भिजिट तथा पारिवारिक भ्रमणमा रहेका, गर्भवती महिलाहरु जो नेपालमा गएर बच्चा जन्माउदा सहज हुने हुँदा घर जाने तयारीमा रहेका,केही स्टुडेन्ट भिसामा रहेका, स्वदेशमै उपचार गराउन पर्ने बिरामिहरु लगाएत परदेशमै ज्यान गुमाउनेहरुको शब समेत बिदेशमै रोकिएका छन।
यसरी नेपाल फर्कनै पर्ने विशेष अप्ठ्यारो अबस्थामा गन्तब्य मुलुकहरुमा रहेका नेपाली श्रमिक दाजुभाइ-दिदिबहिनीहरुलाई स्वदेश फर्कने ब्यबस्था मिलाउन नेपाल सरकार र सम्बन्धित निकायहरूलाई सहयोग र सहजीकरणको लागि शुरु गरिएको अभियान हो “घर जान पाउँ” अभियान ।बिश्व श्रमिक दिबस पारेर मेई-१,२०२० शुक्रवारबाट श्रमिक संजालको फेसबुक पेजबाट शुरु गरिएको “घर जान पाउँ” अभियानमा सहभागी हुन यहि पेजमा रहेको सामान्य जानकारी सहितको एउटा गुगल फारम भर्नु पर्ने हुन्छ।त्यति मात्र होइन “घर जान पाउँ” लेखेको ब्यानर सहितका फोटो वा भिडियोहरु पनि श्रमिक सन्जालको फेसबुक पेजमा पठाउन सक्नुहुनेछ ।श्रमिक सन्जालसंग “घर जान पाउँ”अभियानमा नेपालबाट इक्विडम रिसर्च सेन्टर,सिएमाआईआर,ल्यापसोज तथा समाता फाउन्डेसनले एक्यवद्धता जनाउदै हातेमालो गरेका छन।
यस “घर जान पाउ”अभियानमा तपाइहरु घर जान नपर्ने अबस्थामा रहेका श्रमिक दाजुभाइ-दिदीबहिनीहरुले पनि फारम भरेर सहयोग गर्न सक्नु हुनेछ। नेपाल सरकार र सम्बन्धित सरोकारवाला निकायहरुलाई घर फर्किनै पर्ने बाध्यात्मक अबस्थामा बिदेशमा रहेका नेपाली श्रमिकहरुलाई नेपाल छिट्टै फर्काउन र क्वारेन्टाइनको ब्यबस्थापन सहित सुरक्षित पारिवारिक मिलनका लागि अपिल गर्दछौ।
“घर जान पाउँ”अभियानमा साथ दिनको लागि तलको लिन्कमा क्लिक गरि गुगल फारम भर्नु होला।साथै सामाजिक सन्जालहरुमा “हासट्राक घर जान पाउँ” ( #घरजानपाउँ) लेख्नु होला।

“घर जान पाउँ”अभियानमा साथ दिनको लागि तलको लिन्कमा क्लिक गरि गुगल फारम भर्नु होला।साथै सामाजिक सन्जालहरुमा “हासट्राक घर जान पाउँ”#घरजानपाउँ वा #gharjanapau लेख्ननु होला।http://www.bit.ly/gharjanapau

सम्बन्धित शीर्षकहरु

५० वर्षभन्दा बढी समयपछि नासाले फेरि मानवसहितको चन्द्र अभियान सुरु गरेको छ। आर्टेमिस–२ को सफल प्रक्षेपण केवल एउटा अन्तरिक्ष मिशन…

नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल र पोर्चुगलका परराष्ट्रमन्त्री पाउलो रंगेलबीच भएको टेलिफोन संवादलाई सामान्य शिष्टाचार वार्ताको रूपमा मात्र हेर्न मिल्दैन। यो…

भारतको नेपालसँगको सीमा यति खुकुलो छ कि काम, अनौपचारिक व्यापार र सामाजिक अन्तरक्रियाका लागि मानिसहरूको आवागमनले घरेलु र विदेशी मामिलाहरू…

प्रतिकृयाहरू
...