Friday 13th March 2026

अन्तर्राष्ट्रिय मजदुर दिवसको दिन भिडियो कन्फरेन्स


तितोपाटी – प्रवासी नेपाली एकता मञ्च ओमानले मे १ अर्थात अन्तर्राष्ट्रिय मजदुर दिवसको दिन पार्टी केन्द्रिय सदस्य तथा प्रवास समन्वय कमिटीका अध्यक्ष युवराज चौलागाई र सचिव श्री प्रसाद शाह संग समसामयिक विषयमा केन्द्रित रहेर भिडियो कन्फरेन्स मार्फत अन्तरक्रिया कार्यक्रम गरेको छ ।

भिडियो कन्फरेन्समा अन्तर्राष्ट्रिय मजदुर दिवसको शुभकामना आदान प्रदान सहित विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) बाट ओमान लगायत अन्य मुलुकमा समेत रहेका नेपालीहरुको अवस्थाबारेमा बहस भएको थियो । प्रवासमा कोहि पनि हतोत्साहित नहुन आग्रह गर्दै, नेपाल सरकारले यी समस्या जटिल रुपमा आइपरेको अवस्थामा नेपालीलाई आफ्नो देश फर्किनको लागि ब्यवस्थापन गर्नेछ । प्रवासमा कोरोनाले गर्दा नेपालीलाई निकै जटिल समस्या आउन सक्ने भएको हुदा सरकार संग जोडदार आवाज उठाउने प्रवास समन्वय कमिटीका अध्यक्षले भिडियो कन्फरेन्समा बोलेका थिए ।

अहिले कोरोनाले सबैलाई त्रसित बनाएको छ, यसबाट बच्न सबैले सावधानी अपनाउन पर्छ । पार्टीमा अहिले देखिएको समस्या बिचार, मञ्चन मात्र भएको हो । तथ्यहिन समाचारको पछि नलाग्न र पार्टीको कार्यकर्ता विधी, पद्धति र सिद्धान्तका आधारमा बिरोध र समर्थन गर्नु पर्ने हुन्छ । यसले सिङ्गो पार्टी र नेतृत्वमा हित हुने प्रवास समन्वय कमिटीका सचिब श्री प्रसाद शाहले बोलेका थिए ।

प्रवासी नेपाली एकता मञ्च ओमनको आयोजनामा सम्पन्न भिडियो कन्फरेन्स पहिलो अन्तरक्रिया तथा प्रशिक्षण कार्यक्रम सफलरुपमा सम्पन्न भएको प्रवक्ता पुर्ण ‘पहाडी’ ले तितोपाटीलाई जानकारी गराएका छन ।
मञ्चका अध्यक्ष उमेस बि.कको अध्यक्षता र सचिव महेश न्यौपानेको सञ्चालनमा भिडियो कन्फरेन्स भएको थियो ।


सम्बन्धित शीर्षकहरु

पाल्पा । राष्ट्रिय फूल लालीगुँरासको संरक्षण र यसको महत्वबारे जनचेतना फैलाउने उद्देश्यले युवा सामाजिक अभियन्ता सुशिल बस्याल ‘राष्ट्रप्रेमी’ सक्रिय भएका…

मध्यपूर्वमा बढ्दो सैन्य तनावले अब केवल सैन्य शक्ति वा तेलको राजनीतिमा मात्र सीमित रहने संकेत देखिदैन। पछिल्ला घटनाक्रमले यो द्वन्द्व…

भारतको सर्वोच्च अदालतले पहिलोपटक इच्छा मृत्युको अनुमति दिने ऐतिहासिक फैसला सुनाएको छ । अदालतले गाजियाबाद घर भइ १३ वर्षदेखि अचेत…

प्रतिकृयाहरू
...