Wednesday 22nd July 2026

रोजगारीको लागी नेपाली नागरिकता त्याग्ने दिनको अन्त्य होस्


तिलक भण्डारी (कमल) – विश्वब्यापी कोराना भाइस (कोभिड -१९) प्रकोपको कारणले आज मानब जातिलाई चुनौतीको सामाना गर्न असाध्यै कठिन अबस्था सृजना भएको छ । आजको मिति सम्म झन्डै सत्ताइस लाँख पचास हजार भन्दा संक्रमित र एक लाख बयानब्बे हजार भन्दा बढीले मृत्युवरण गरी सकेका छन । त्यसकारण यस्तो महाबिपत्तिमा आफु पनि सुरक्षित रहने र अरूलाई पनि सुरक्षित रहनको लागी सचेत जगाउन हामी सबैको जिम्मेवारी र कर्तव्य हो ।

कोभिडको-१९ कारणले प्रबासको रोजगारी एकदमै नाजुक अबस्था पुगेको सबैलाई सर्वविदित नै छ । बैदेशिक रोजगारीमा नेपाली औपचारिक र अनौपचारिक गरी झन्डै सत्तरी लाख छन । अहिलेको यो बिपत्तिमा झन्डै अति आबश्यक काम बाहेक अन्य सबै नेपाली बेतलबि बिदामा होम क्वारेन्टाइनमा छन । अहिले सबैको एउटै आवाज छ जति सक्दो चाडो सुरक्षित सहित स्वदेश फर्कने तर सरकारको तर्फबाट यो बिषयमा सम्बोधन होला भन्दा झन जहाँ छौ त्यहि सुरक्षित रहनु भन्ने सन्देश आउछ त्यहि कारणले गर्दा धैरै नेपालीको चिन्ता र चासोको बहस भएको छ ।

बैदेशिक रोजगारीमा रहेका सबै नेपाली बिश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार र नेपाल सरकाले तोकेको निश्चित क्षेत्रमा सबै क्वारेन्टाइनमा बसी घर फर्कने सबैको अति प्रबल चाहाना छ । त्यहि इच्छा र बिचारलाई नेपाल सरकाले तत्काल सम्बोधन गर्ने अध्यादेश जारी गरोस भन्ने हामी सबैको माग हो । सरकारमा बसेका केहि ब्यक्तिले जसरी निहित स्वार्थको लागी रातारात अध्यादेश जारी गर्ने समयको ब्यबस्थापन गर्छन त्यहि रफतारमा बिदेशमा बसेका आफ्ना नागरीकलाई पनि स्वदेश फर्कनको लागी यसरी अध्यादेश जारी होस भन्ने सबैको जोडदार माग हो ।

अहिलेको यो बिषम परिस्थितिमा नेपाल सरकारले अबसरको रूपमा परिणत गर्न सक्नु पर्छ यहि चुनौती अबसरको रूपमा उपयोग गर्न सक्ने हो भने देशलाई आत्मनिर्भर बनाउन धैरै समय लाग्दैन तर त्यसको उचित अबधारणा बनाइ जति सक्दो छिटो कार्यान्वयन दिशामा अग्रसरता देखाउनुपर्छ । त्यसैमा राज्य र नागरिक बिचको हातेमालोले देशलाई पनि फाइदा नागरिकालाई पनि रोजगारीको अबसर सृजना हुन्छ ।

प्रबासबाट फर्कने नागरिकले पुजी सहित सिप पनि प्राप्त गरी गएको हुन्छ । त्यसकारण त्यो सिप र ज्ञानलाई राज्यले उचित पहलकदमी चाल्नुपर्छ तबमात्र देश बिकाश गर्न धैरै समय लाग्दैन । अहिलेको तत्काल आयातको कुषि तथ्यांक हेर्दा अरबौ रूपैया आयातित हुन्छ । त्यहि आयातित अबस्थालाई अन्त्य गर्न कृषिमा नयाँ अबधारणा बनाइ तत्काल अगाडी बढाउने हो भने अरबौ रूपैया बचत र आयात होइन निर्यात गरी सबै नागरिकलाई स्वदेशमा रोजगारी दिन सकिन्छ ।

अहिलेको चुनौतीलाई अबसरमा बदल्न सरकारले उचित पहलकदमी अगाडी बढाउछ भन्ने हामी सबै आशावादी छौ । तत्कालै सरकाले तिन तहमा बर्गीकरण गरी उद्योग सञ्चालनको तयारी गरेको सकारात्मक खबर पनि छ। त्यसकारण यस्तो अबसरलाई कागलाइ हर्ष नि बिषमात जस्तो नबनोस!

बैदेशिका रोजगारीमा बस्नु पर्ने बाध्यताको तत्काल अन्त्य होस र अहिले यो अबसरलाई देश बिकास निमार्णमा प्रयोग गरी सुन्दर नेपाल सुखि नेपाली भन्ने सन्देश बिश्वमा फैलियोस । रोजगारीका लागी नेपाली नागरिकता त्याग्ने नेपाली पनि नेपालमा सुरक्षित र रोजगारीको अबसर छ भने आशाको दियो जलोस जय नेपाल जय नेपाली !!


सम्बन्धित शीर्षकहरु

भारतीय राजनीतिज्ञ, लेखक तथा कूटनीतिज्ञ शशि थरूरद्वारा लिखित Why I Am a Hindu समकालीन भारतमा हिन्दू धर्म, हिन्दुत्व र धर्मनिरपेक्षताको…

इरान–अमेरिका वार्तामा मध्यस्थको भूमिका निर्वाह गरेपछि पाकिस्तानले अमेरिकासँग १० अर्ब अमेरिकी डलर बराबरको आर्थिक सहायता सुविधा (Exchange Stabilisation Support Facility)…

इरानको नातान्ज (Natanz) परमाणु केन्द्र नजिक रहेको अत्यन्तै सुरक्षित भूमिगत संरचना ‘पिकएक्स माउन्टेन’ (Pickaxe Mountain) तेहरानको परमाणु कार्यक्रम रोक्ने प्रयासमा…

प्रतिकृयाहरू
...