Sunday 19th May 2024

कोरियन नशाले झन्डै डिप्रेशनको शिकार भइन


आवास रोका – बि.स. २०७५ साल तिर केहि गर्छु भनेर भौतारिदै थिए । देशमा केहि गरौं भने पनि केहि विकल्प देखिन । एकदिन बाटोमा डुल्दै थिए । त्यहा एउटा पोल अर्थात खम्बामा पोस्टर टासिंएको थियो । पश्चिमाञ्चल कै उत्कृष्ट कोरियन भाषा कलास संचालन लेखिएको थियो । मन र नजर त्यतै गयो भाषा पढौ भनेर त्यहा भएको नम्बरमा कल गरे अनि ईन्स्टिच्युट गए । शिक्षकहरुले सकारात्मक कुरा गर्नु भयो । जसले धेरै मिहिनेत गर्छ उहीँ पास हुने हो । काम गरेपछि मिहिनेत जरुर चाहिन्छ नै मिहिनेत गर्नसक्छु भन्नेमा म मा पनि आत्मबल बढ्यो, हौसला, उर्जा सिर्जना भयो । लाग्छ त्यहा भाषा पढ्ने होईन बुझ्न मात्र जानेहरुलाई पनि शिक्षकको ब्यवहारले पढौ- पढौ पक्कै लाग्थ्यो ।

कहिलेकाहीं पढ्न छोडेको झन्डै ५/६ बर्ष भएकोले पास भइदैन भन्ने टेन्सन हुन्थ्यो । तर पनि कलास जोईन भएपछि निरन्तर संघर्ष गरियो । दिनमा पढाइ लेखाइका मिनिङ्ग र शब्दहरु कन्ठ गर्न थाले । अब कोरिया जाने भुत चढ्यो कलासमा पढाइका मात्र होइन फेसबुक, युट्युव तिर शेयर गरिएका कुराहरु पनि नोट गरेर पढ्न थाले । हप्ताको एकचोटि कलासमा टेस्ट जाच हुन्थ्यो त्यहा पनि नतिजा राम्रो आउने भएकाले अझ हिम्मत बढ्थ्यो । कोरियामा आकर्षक कमाइ हुने भएकाले नै पढाइको नशा यति लाग्यो कि मध्यरातमा बिउझिदा पनि पढ्न थाले । जसरी पनि कोरियन भाषा पास गर्नुपर्छ भन्ने थियो अनि पढेको ३/४ महिना पछी परिक्षाको स्कील टेस्ट (जुन नेपालको लागी पहिलो चोटी) नोटिस सहित फारम भर्ने बेला आयो नोटिसमा लेखिएको थियो  कलर ब्लाइन्डनेसलाई स्कील टेस्टमा समाबेश गर्न सकिदैन जस्तो लाग्यो ।

मेरो लागि पहाडबाट छहरा खसे जस्तो भयो किन कि म कलर ब्लाइन्डनेस पीडित थिए । मेरो हिम्मत आत्मबल घट्यो । एकमन जति पढियो पढियो अब पढ्दैन भन्ने लाग्यो । आफन्त साथिभाइलाई शेयर गरे । तर आफन्त साथिभाइहरुले सुझाव दिन थाले । कयौं मान्छेले स्कील टेस्ट  फेल हुनेहरु पनि कोरिया गएका मेरै आखाले देखेको छ । कसैले भाषा पास गर्नु पहिले अनि विकल्प धेरै हुन्छन् भन्ने नै थियो । फेरि पिडाको खातिर पुरानै लयमा फर्कने कोशिस गरे । तर आशा मरिसकेको थियो । त्यसैले पनि दिनभरी क्यारिम बोर्ड र लुडो खेलेर दिन बित्न थाल्यो । कोर्स ८५% पूरा भएको भएर पनि होला मलाई अब मिहिनेत जरुरी थिएन बास बिहान बेलुका रिपिट गरे मात्र पुग्थ्यो ।

दिनहरु बित्दै गयो, फाइनल परिक्षा पनि आयो । परिक्षाकै लागि  राजधानी तर्फ लाग्ने तयारी गरे । मेरो परिक्षा पहिलो दिन नभई  दोस्रो दिनमा परेको हुदा पहिलो दिनमा निकै सजिलो प्रश्न सोधिएकोले पनि दोस्रो दिनको पास भैन्छ जस्तो लागेको थिएन । पहिलो दिन अधिकांशले राम्रो नै गर्‍यो भन्थे । हामी पास हुनु १००% लिनुपर्छ जस्तो लाग्थ्यो । तर पनि परिक्षा राम्रो गर्न सक्छु भन्ने हिम्मत थियो । ३/४ घण्टा लाइन बसेर परिक्षा दिन थाले प्रश्न अधिकांश सजिलै भए सायद मेहनतको फल यही हुनुपर्छ जस्तो लाग्यो । बाहिर आएर चेक गर्दा सबै मिलेका रहेछन् पिडाको बाबजुद पनि खुसी हुनै पर्ने भयो । एक डेढ महिना पछि रिजल्ट आयो भनेजस्तै १००% आएछ । साहस रहुन्जेल आशा हुन्छ नै भन्छन् । त्यसैले पनि आशा पलाउन थाल्यो अधिकांश साथिभाईले १००% ल्याउनेलाई स्कील टेस्टमा फेल गर्नु मिल्दैन भन्थे । सबिले बुझेर पनि सान्त्वना दिएका थिए होला सायद मेरो लागि हौसला र प्रेरणा नै भयो । अब फेरि सबैचिज छोडेर स्कील टेस्टको तयारीमा लागे दिनमा १/२ घण्टा कलास चल्न थाल्यो अनि ६ महिना पछि बल्ल स्कील टेस्टको परिक्षा भयो । हल भित्र प्रवेश गरे त्यहा एक स्टापले कलर भिजनहुनेहरू कोरिया जानु सपना नदेखे हुन्छ । अब संभव छैन कोरिया जाने सपना यही रोकिए जस्तो लाग्यो मेरो मन खिन्न भयो । कतै मेरो सपना यहि नै चकनाचुर त हुने होइन भन्ने भान भइरहेको थियो ।

खास कुरा रहेछ कलर ब्लाइन्डनेस हुनेहरूले पाकेको टमाटर नभई हरियो टमाटर टिपे । त्यसैले लान सकिदैन रे कलर ब्लाइन्डनेस हुदैमा यति साह्रै नदेख्ने चै पक्कै होईन । हामी नेपालीको कोरियन आकर्षक धेरै हुँदा अनेक दुख झन्झट दिएको जस्तो लाग्यो तर पनि गुनासो र बिरोध गर्ने ठाउ थिएन । स्कील टेस्ट दिए राम्रै भयो तर कलर भिजनको समस्याले तड्पाइरहेको थियो । फेरि १५/२० दिन पछि स्कील टेस्टको रिजल्ट आयो तल पट्टी लेखिएको थियो कलर भिजनको समस्याले हजुरलाई फाइनल छनोट गर्न सकिएन । आशा टुयो, छरछिमेका हल्ला थियो कोरियन भाषामा पास भयो भनेर कसैले कोरियन लाउरे भन्थे । तर स्कील टेस्ट फेल भएपछि निशब्द थिए, म संग जवाफ थिएन । कसैले सोध्थे कोरियन स्कील टेस्ट के भयो भनेर मैले भन्थे कलर भिजनले फिजिकल अनफिट भयो भनेर तर कसैलाई कलर भिजन के हो भन्ने नै थाहा थिएन मिहिनेत गरेन अनि फेल भयो सम्म भन्थे ।

संगै पढेका र मिहेनत गरेका साथिहरु पास भएर पाटी गरिरहदा हामी फेल हुदा पिडा नहुने कुरै भएन । कयौंले  त एचआरडी को निर्णय गलत र पक्षपाती भएको भन्दै कोरियन एमबिसिमा नाराबाजी गरे । तर म मा त्यस्तो बिचार सिर्जना भएन आन्दोलन नाराबाजीले भोलिका दिनमा नेपालले पाउने कोटालाई असर गर्दछ । म जान नपाए पनी अर्को नेपाली अवश्य जान्छ जति पिडा भए पनि मनभित्र गुम्साई रहे पिडा बढ्दै थियो । पिडालाई परिबर्तन गर्नु अहिले भिजिट भिसामा युएईमा आएको छु । यही सानोतिनो काममा लागेको छु । कहिलेकाही ती कोरियन भाषा पढेका दिनले झस्काउछ भावुक बनाउछ । तर पनि सोच्छु यहाँ जति निधारमा लेखेको छ त्यो भन्दा बढी पाइदैन ।


सम्बन्धित शीर्षकहरु

प्रत्येक वर्ष वैशाख शुक्ल नवमीका दिन मनाइने राष्ट्रिय विभूति सीता उत्पत्ति दिवस एवं जयन्ती आज सीताप्रति श्रद्धा भक्तिपूर्वक पूजा आराधना…

रोज ब्युटी एकेडेमी र विलक्षण क्रियसनद्वारा काठमाडौंमा आयोजित ‘एच्यु हेयर ओयल ब्युटिसियन ट्यालेन्ट नेपाल २०२४, सिजन ६’ को उपाधि झापाकी…

स्पिनर सन्दीप लामिछानेलाई नेपाल क्रिकेट संघ(क्यान)ले आईसीसी टी-२० विश्वकप २०२४ खेल्न अमेरिका र वेष्टइण्डिज पठाउने भएको छ । उच्च अदालत…

प्रतिकृयाहरू
...