Wednesday 30th September 2026

ओहो कोरोना


रजनी ढुंगाना – तलब संगै , टेबुल मुनिबाट पनि तलब भन्दा दोब्बर आम्दानी गर्ने डेरावाल।अनि दुई कोठे बुइगलमा कोचाकोच गरेर
नुन तेलको जोहोमा साघुरो डेराबहाल, उठाउने घरबेटी हरुलाई , स्वास फेर्न मुस्किल गराउदै,

लकडाउन अबधिमा कोठा भाडा नलिने उर्दी सङै,
बैंकको किस्ता बुझाउने बेला भयो भनेर मोबाइलमा बज्ने सन्देशको घण्टी ,बनेर

कहिले तालि पड्काउ भन्दै,
कहिले एउटा गीत गाउ भनेर
आक्कल झुक्कल देखा पर्ने
नौटन्की सरकार बनेर

एउटा प्याकेट चाउचाउ दिएर,
हुल बाधेर फोटो खिच्ने नकचरा हरु ,
राहत र औषधिमा भ्रष्टाचार गर्ने काइते जमात ।
भिन्न भिन्न परिकार मोबाइलमा पस्केर, भोका हरुलाई गिज्याउने खन्चुवाहरुको जमात बनेर

कोसौ हिडेर पैताला घोटेर घर हिड्ने बटुवा हरु बनेर ।
आपतकालीन उडानमा,घोटाला गर्ने लाज पचेका घिचुवा हरु बनेर
बाटोका साना टिउरा जोगाउन हेलिकप्टर उडाउने बिशाल साम्राज्य पनि हारेको,
आँखाले देख्दादेख्दै

दिन दिनै तर्साउदै , अधमरो बनाउदै, आएको यो अदृश्य भाइरस कोरोना बाट। जल्ने चितामा पनि भेदभाव हुने ,मुलुकमा  नक्कली औषधि र थोत्रा अक्सिजन सिलिन्डरको भरमा, कसरी कुन शक्तिले बाचिएला भनेर पत्याउने।


सम्बन्धित शीर्षकहरु

मलेसिया सरकारले हालको १७ सय रिंगेट न्यूनतम तलबलाई बढाएर २ हजार रिंगेट पुर्‍याउने विषयमा छलफल गरिरहेको छ। यदि यो निर्णय…

विश्वकै सबैभन्दा ठूलो उच्चगति रेल सञ्जाल भएको चीनले सोमबार एकै दिन चारवटा नयाँ उच्चगतिको रेलमार्ग सञ्चालनमा ल्याएको छ। यसले देशका…

म्यानमारको राखाइन राज्यमा विद्रोही समूह अराकान आर्मीको नियन्त्रणमा रहेको क्षेत्रमा सेनाले गरेको हवाई आक्रमणमा कम्तीमा ४९ जनाको मृत्यु भएको छ…

प्रतिकृयाहरू
...