Monday 29th December 2025

COVID-19 लाई तपाई कसरी हेर्नु हुन्छ ?


ठाकुर प्रसाद पौडेल- हरेक घटना परिधटनाले समाज राष्ट र बिश्वलाई सकरात्मक र नकरात्मक सन्देश दिएको हुन्छ ।

अहिलेको यो महामारी बाट पनि बिश्वब्यापी रुपमा नकारात्मक भन्दा सकरात्मक सन्देस पाईन्छ होला भन्ने मैले बिश्वास लिएको छु । कतिपय परिबारजनले आफ्ना प्रियजनलाई गुमाउनु र बिश्वमहामारीबाट आफ्नो रोजिरोटी गुमाउनु पर्नेको पिडा त छदै छ त्यसको अलबा कतिपय यदी यो घटनालाई राम्ररी मुल्यागकन गर्न सकेमा र मानब जाती र प्राणीको हितमा सोच बनाएका सकरात्मक परिवर्तन पनि हुन सक्ने प्रसस्त सम्भावनाको बाटो खोल्ने देखिन्छ ।नेपालको परिबेसमा हेर्दा बिबिध ब्याबसाय र कार्यब्यास्तताले गर्दा आफ्ना परिबारजनमा समय दिन नसकेकाहरु अहिले लामो समय परिबारसंग बस्न रमाउन पाएका छन । आफ्नो गाउंमा जान नपाएकाहरु पनि गाउमा पुग्न सकेका छन , यसबाट नेपालको गाउ कति सुरक्षित र कति महत्वपूर्ण रहेछ भन्नेकुरा बुझ्ने मौका मिलेको छ । उजाड़ भएका गाउं बस्तिमा आज चहलपहल बढेको छ ।बिश्वमा बिभिन्न बाहानामा भएका जातिय, क्षेत्रीय र शक्ती संघर्षका युद्धहरु पनि यो एक महिना केही मथ्थर भएका छन । आज सारा बिश्व एकमात्र COVID 19 को युद्धमा होमिएको छ । को धनी को गरिब सबै राष्ट र जनतामा एकै प्रकारको डर त्रास र यसबाट कसरी बच्ने भन्ने उपायका बरेमा रातदिन सोच्न थालेका छन भने बैज्ञानिकहरु पनि यो महामारीबाट बिश्वलाई कसरी मुक्त गर्न सकिन्छ भनेर खोप तथा यसको रोकथामका लागी औषधी निर्माण गर्नको लागी रातदिन नभनि खटिएका छन । आसाछ छिट्टै यस्को समधान निकाल्ने छन ।२१औ सताब्दीको संचारको बिकास र बिश्व भूमण्डलीकरणका कारणले कोही देश र जनता एक्लैले केही गर्न सक्दैन भन्ने गतिलो सन्देस दिएको छ । चाहे बिश्वब्यापी तापमानको कुरागरौ , बिबिध प्रदुषण , एक अर्का बिरुद्ध लक्षित गरि सक्ती संघर्षका लागी गरिएका युद्ध वा बिश्व बाज़ारीकरणका नाममा गरिएका नाकाबन्दी वा ट्याक्सका कुरा हुन सबै देश र जनता यसबाट प्रभावित हुनेछन भन्नेकुरा सबैले बुझ्न सक्नेगरी महसुस गरेका छन ।

यस घटना बाट बिश्वका शक्तिशाली देश चिन,अमेरिका ,युरोप र एसियाली राष्टहरु मिलेर साझा रणनिती बनाउन जरुरी छ , जस्ले बिश्वमा रहेका मानब र प्राणीको हित गर्न सकोस । यो मुल मन्त्र र सबैको हितमा काम गर्न सके COVID 19 त के त्यो भन्दा ठुलो आईपर्ने घटनालाई पनि सजिलै परास्त गर्न सक्ने छौ ।कोबिड १९ लाई परास्त गर्नको लागी सामाजिक दुरी कायम गरी सरसफाईलाई बढी ध्यान दिउ ।


सम्बन्धित शीर्षकहरु

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) बीच सहमति भएको छ । उनीहरूबीच आइतबार बिहान ७…

इजरायलले सोमालील्यान्डलाई स्वतन्त्र र सार्वभौम राज्यको रूपमा औपचारिक रूपमा मान्यता दिने पहिलो देशको रूपमा घोषणा गरेको छ, र यसले क्षेत्रीय…

धरानका मेयर हर्क साम्पाङको नेतृत्वमा रहेको पार्टीको पहलमा अघि बढाइएको श्रम संस्कृति महा अभियान को प्रवासी सभा कुवेतले आगामी जनवरी…

प्रतिकृयाहरू
...