Sunday 15th March 2026

कर्फ्युको दिनमा तिमि सङ्ग बिताएका पलहरुको सम्झनामा रमाउदै /


जयनारायण थारु- आज कर्फ्युको २१औ दिन बन्द कोठाको झ्याल खोलि कुवेत जस्तो ब्यस्त देशमा लगातार २१ दीन देखिको कर्फ्युले बेलुकाको ५: ०० बजे देखि बिहान ४:०० बजे सम्म सुनसान भएको दृश्य र तिमि सङ्ग बिताएको पलहरु लाई कल्पना गर्दैछु ! तिमिलाई थाहा छैन होला ,यहाँ एति सम्म सुनसान र एकान्त हुन्छ कि एउटा पनि चरो मुसोको आवाज समेत आउदैन ! आउछ त केवल पुलिसको साईरनको आवाज , एका तिर घरको दिवाल छ भने अर्को तिर भित्ता माथि घरको छत र तल तिर भुई अनि बिचमा म एउटा बिधाताले बनाएको बिवश मानिस !अनि तिमि सङ्ग बिताएका पलहरु नै यो एकान्त वासको साथि बनेको छ /

खोइ कहाँबाट सुरु गरौ , हरपल मेरो आखा वरीपरी घुमिरहने तिम्रो सुन्दर प्रतिविम्ब हरु छन , हुन त अहिले इमेल र फेसबुक इमो व्हाटसप भाईबरदेखि म्यासेन्जर च्याट सम्मको जमाना छ ! हाम्रो प्रेम कथा र सम्झना हरुको कुनै अर्थ र मान्यता छ होला भनेर नै मनको भाबनाहरु तिम्रो सामु मैले ब्यक्त गरेको जस्तो लागिरहेको छ ! मलाई विश्वास छ कि मेरो पवित्र चोखो प्रेमले तिम्रो विशाल हृदयलाई सान्तवना प्रदान गरिरहेको होला !

भगवानलाई सम्झेर आफ्नो मनको छेउकुना राम्ररी छामछुम पारेर तिमिलाई सम्झदै , मेरो माया तिम्रो हृदयको छेउकुनामा कति कोमलताको साथमा सजाएर राखेका थियौ ! के गर्नु …? नेपाल छोडेर खाडिमा आउन साथ सबै समस्याको समाधान होला जस्तो लागेको थियो ! तर नेपाल बाट आउने बेला जुन सपनाहरु सजाएर यो ठाउँमा आएका थियौ त्यो सजिलै पुरा नहुदोरहेछ ! सुख पाउनको लागि जिवनमा धेरै कुराको समाना गर्नु पर्दोरहेछ ? सायद आज म जसरि यो बिरानो मुलुकमा कोरोना सङ्ग बच्नको लागि एकान्त वास हुदै गर्दा तिमिलाई पनि दुख पक्कै लागेको होला ! जुन पिडा तिमिलाई परेको छ मलाइ पनि त्यहि पिडा परेको छ/

निल गगनमा फाट्ट- फुट्ट बादल छाएका छन् । एउटा बादलको टुक्रा अर्को बादलको टुक्रालाई समाउँन खोज्दैछ , त्यो बादलको टुक्रा टुक्रा बिचको छोटो दुरीे देख्दा तिमीलाई मैले पछ्याए जस्तो लाग्छ मलाई ? ति बादलका टुक्राहरु अकासमा लुकामरि खेल्दा कतै त्यो बादल हामि दुई नै त होइन भनेर कल्पना गरिरहएकोछु ! तिमिलाई केही गुनासो छ होला ! तर गगनको एउटा कुनामा एक्लै भौतारिरहेको बादलको टुक्राले पक्कै तिम्रो सम्झना दिलाईरह्न्छ ।

आज तिमि र म डुलेका, हिंडेका र रमाएका ति ठाउँ जस्ताका त्यस्तै छन होला तर तिमि छौउ म छैन । अव त कहिले काहि काहि लाग्छ म तिम्रो समझनामा सिमित त हुदिन ! अहिले पनि गाउँमा तिमि र म सङ्गै जवानीको जमानाका बिताएका धेरै कुराहरु हुन्छन होला । बाल्यकाल देखि बैश्य अवस्थामा तिम्रो नजिक भएकाले होला धेरैले तिम्रा र मेरा बारेका कुरा गर्छन होला , साँच्चै तिमि त तिमि हौ , तिमि जस्तो कोही हुन सक्तैन ।अहा! कुम्भ कुम्भ मिलाएर तिमीसंगका बिताएका ति दिनहरु कम्ता रमाइला थिएनन । आज यो बिरानो ठाउमा तिमि सङ्ग बिताएको क्षणहरुको अहिले झन गहिरो याद आइरहेछ /
समयले तिमी बाट मलाई यसरी टाढा पुर्यायो की सोचेको पनि थिइन , नियती भनौ या बिवशता, तिमीलाई मात्रै होइन , तिमि जस्ता हजारौ हजार लाई छोडेर , नेपाल आमाका छोराहरु आफ्नो अतितका सम्झना माया र आफ्नो लालावला घर परिवार बाट टाडा बनेका छन , मन र मुटुमा खिचेर तिम्रा तस्विरहरु र तिमि सङ्ग बिताएका ति तितामिठा पलहरु लाई सङ्गाल्दै यि बिराना देशमा २१ औ सताब्दिको महामारि बाट बच्न कोशिस गर्दै एकलै भएर पनि तिमि मेरो साथमा छौ भनेर अनुभुति गर्दैछु । बालुवाको थुप्रोभित्र माटो भेटिएन,समुद्रको फेरोभित्र प्यास मेटिएन , काला लामा सडकहरु तर लक्ष्य देखिएन!! हिजोसम्म सुनेको मात्र थिए माया एउटा जादु हो, तर तिम्रो आगमनले कुरालाई साँचो बनाइदिएको हिजोसम्म जुन प्रेमलाई एउटा मुस्कानसहित इग्नोर गर्थेँ, आज यही प्रेम जिवन जिउने सहारा बनेको छ। साँच्चै तिम्रो मायाको सम्झनाले छोएछ सायद मलाई तिम्रो प्रेमको रंगले, तिम्रो मायालु नजर अनि प्रेमिल स्पर्शले हेरक ति समस्या हसिन अवसर जस्तो लाग्छ ! तिम्रो मायाका रङ्ग ले छोएका मेरा यी पलहरुमा जहाँ तिमी मात्र तिमी छाएका छौ मीठो मुस्कान बनेर। त्यसैले त लाग्छ- तिमी छौ र सन्सारमा म छु, नभए तिमी बिना सन्सार अधुरो छ /


सम्बन्धित शीर्षकहरु

काठमाडौं — Non-Resident Nepali Association (एनआरएनए) को १२औँ विश्व सम्मेलन तथा महाधिवेशनमा ४ हजार २८६ प्रतिनिधि सहभागी हुने भएका छन्।…

गैरआवासीय नेपाली संघको यही मार्च १४–१६, २०२६ मा सम्पन्न हुन गइरहेको १२औँ एकता अन्तर्राष्ट्रिय महाधिवेशनमा कुवेतबाट मध्यपूर्व संयोजक पदका लागि…

इजरायली सेनाले लेबनानको लिटानी नदीमाथिको जरारीह पुलमा प्रहार गरेको बताएको छ किनभने यो हिज्बुल्लाहले प्रयोग गर्ने प्रमुख क्रसिङ थियो, यसले…

प्रतिकृयाहरू
...