तितोपाटी – कोरोना भाईरस (कोभिड १९) को संक्रमणले अहिले बिश्व त्रसित र भय मय भएको छ । कोरोना भाईरसको संक्रमण बाट बच्न आज अधिकांस राष्ट्रहरुमा लकडाउनको स्थितिमा छ । भय, त्रास र कष्टकर जिवन जिई रहेका बिश्वभरका नेपालीहरुको बारेमा बस्तु स्थिति बुज्न नेपाली कांग्रेस, नेपाली जनसम्पर्क समितिका सभापतिहरुले ९ अप्रिल बिहिबारका दिन इन्टरनेट प्रविधिको प्रयोग गरी अनलाईन भिडियो कन्फ्रेन्स बैठक सम्पन्न गरेको छन ।
बैठकमा जनसम्पर्क बिभाग केन्द्रिय संयोजक एवम् नेपाली काङ्ग्रेस केन्द्रिय सदस्य गोबिन्द्र भटराई, नेपाली काङ्ग्रेसका आमन्त्रित केन्द्रिय सदस्य एवम् अमेरीकाको सभापति आनन्द बिष्ट, जनसम्पर्क समिति अष्ट्रेलियाका सभापति कृष्ण गिरी, जापानका सभापति रोशन केसी, बहराईनका सभापति पदम सुन्दर गुरुङ, बेल्जियमका सभापति सीता सापकोटा, मकाउका सभापति लेख बहादुर गुरुङ, क्यानडाका सभापति बुद्धि प्रकास ओली, डेनमार्कका सभापति बिरेन्द्र सिंह कार्की, यूएईका सभापति भवानी प्रसाद तिमिल्सिना, दक्षिण कोरीयाका सभापति आस्था बिन्दु मल्ल, नर्बेका सभापति जितेन्द्र शाहि, फ्रान्सका सभापति सुधिर राना, स्वीजरल्याण्डका सभापति श्याम सापकोटा, कतारका सभापति शंकर न्यौपाने, जर्मनका सभापति शिखर खड्का, स्पेनका सभापति इन्द्र शर्मा, ओमनका सभापति सालिक चापागाई, ईजराईलका सभापति खगेश्वर अधिकारी, हङकङका सभापति मिन गुरुङ, मलेसियाका सभापति चोलाकान्त पंगेनि, कुवेतका सभापति राजेन्द्र बिरहि, साईप्रसका सभापति सिता अर्याल, पोर्चुगलका सभापति बिनोद घिमिरे, नेदरल्याडका सभापति प्रेमजंग गुरुङ, माल्टाका सभापति सन्देश केसी लगायतका सभापतिहरुले सहभागिता जनाएका थिए।
नेपाली समय साँझ ५ बजे बाट शुरु भएको सो बैठक करिब ४ घण्टा सम्म चलेको थियो । बैठकमा सबै देशका सभापतिहरुले कोरोना भाईरसको संक्रमणको बारेमा जानकारी दिदै नेपालीहरुको स्थितिका बारेमा बताएका थिए । नेपाली जनसम्पर्क समितिले सबैलाई सुरक्षित रहि अफ्ट्यारोमा परेका नेपालीहरुलाई सघाउन बिभिन्न राहत समिति बनाई कार्य गरीरहेको सभापतिहरुले बताएका थिए । यस्तो बिपदको बेला नेपाली दुतावास, एनआरएनए लगायतका स्थानिय संघसंस्थाहरु संग सहकार्य गरी जनचेतना जगाउने, राहत प्रदान गर्ने र सुरक्षित भएर घरमै बस्न आग्रह गर्ने जस्ता कार्यहरुलाई तिब्रता दिएको सभापतिहरुले बताएका थिए ।
बिकसीत मुलुकमा उच्च शिक्षाका लागि गएका नेपाली बिद्यार्थीहरु, पारीवारीक भटेघाटका लागि आएका अबिभावक र अस्थाई भिषामा रहेका नेपालहरुलाई संक्रमणले उत्पन्न गरेको आर्थिक समस्याले प्रत्यक्ष असर पर्न थालेको छ भने लकडाउनले नेपाल फर्कन नसक्ने बिषय जटिल बन्दै गएको छ, तसर्थ नेपाल फर्कनका लागि सम्बन्धित निकायमा पहल गर्न बिभाग प्रमुख गोबिन्द भटराईलाई बैठकमा अनुरोध गरीएको थियो । खाडिमुलुकमा रहेका कामदार नेपालीहरुको बस्ने व्यवस्था भएपनि आर्थिक समस्या दिनप्रतिदिन बढ्दै गएको र भोलीका दिनमा लाखै कामदारहरु नेपाल फर्कन बाध्य हुनुपर्ने स्थिति बनिरहेको हुंदा नेपाल सरकारले यसको व्यवस्थापनमा समयमै उच्च योजना बनाउनु पर्ने देखिएकोले नेपाली कांग्रेसले यस बिषयलाई गम्भिरता पूर्ण लिई आवश्यक पहल गर्नु पर्ने सभापतिहरुले राय प्रस्तुत गरेका थिए ।
सभापतिहरुले दिएको बिवरण एबम प्रवासी नेपालीहरुको बर्तमान स्थितिको बारेमा नेपाली कांग्रेस पार्टि सभापतिलाई जानकारी गराउदै आवस्यक पहल गर्ने बिभाग प्रमुख भटराईले प्रतिवद्धता गर्नु भएको थियो । आफू सुरक्षित रहि सबै नेपालीहरुलाई मानविय सहयोग गर्न उहाँले सभापतिहरुलाई अनुरोध समेत गर्नु भएको थियो ।
पहिलो पल्ट यसरी आयोजना गरीएको बैठकले एकआपसको खवर आदनप्रदान गर्न मात्र सिमित नरही अफ्ट्यारोमा परेका बिभिन्न देशका नेपालहिरुलाई आर्थिक एबम सामाजिक सहयोग जुटाउन समेत मद्दत पुर्याउन सकिने उत्साह पुर्ण बैठक भएको कुवेतका सभापति राजेन्द्र बिरहीले जानकारी गराएका छन ।