Thursday 2nd April 2026

कुवेतमा ९ जना नेपाली सहित ९९३ जना कोरोना संक्रमित


तितोपाटी – कोरोना भाईरस (कोभिड-१९) बाट कुवेतमा हाल सम्म ९ नेपाली सहित ९९३ जना संक्रमित भएका छन । कुवेतको स्वास्थ्य मन्त्रालयले दिएको जानकारिका आधारमा अरब टाइम्सले जनाए अनुसार पछिल्लो २४ घण्टामा ५ नेपाली सहित ८३ जनामा कोरोना संक्रमण देखिएको हो भने जसमा ५१ जना भारतीय नागरिक रहेका छन ।

कुवेतको प्रकाशित सरकारी डाटा हेर्दा अधिकांश संक्रमित आप्रबासीहरु रहेको देखिन्छ । सरकारी डाटामा सबै भन्दा बढी भारतीय नागरिक  रहेका छन ।त्यसैले अहिले आप्रवासी कामदारहरु रहेका बासस्थानहरुमा कुवेत सरकारले विशेष निगरानी राखी रहेको छ ।

आज प्रकाशित समाचारमा जनाईए अनुसार जम्मा ९९३ संक्रमित मध्ये अहिले सम्म १२३ जनाले स्वास्थ्य लाभ गरिसकेका छन । कुवेतमा हाल सम्म एक जना भारतिय नागरिकको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।


सम्बन्धित शीर्षकहरु

नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल र पोर्चुगलका परराष्ट्रमन्त्री पाउलो रंगेलबीच भएको टेलिफोन संवादलाई सामान्य शिष्टाचार वार्ताको रूपमा मात्र हेर्न मिल्दैन। यो…

भारतको नेपालसँगको सीमा यति खुकुलो छ कि काम, अनौपचारिक व्यापार र सामाजिक अन्तरक्रियाका लागि मानिसहरूको आवागमनले घरेलु र विदेशी मामिलाहरू…

इरान युद्धका कारण पश्चिम एसियाबाट प्राकृतिक ग्यास र एलएनजी आपूर्तिमा आएको अवरोधले भारतको युरिया उत्पादनमा गम्भीर धक्का लागेको छ। उद्योग…

प्रतिकृयाहरू
...