तोयानाथ उपेक्षित, संस्कृति पर्यटन तथा नागरिक उड्यान मन्त्री योगेश भट्टराईले जीवा लामिछाने सँगको एक अन्र्तवार्तामा आवश्यक परे विदेशमा रहेका नेपालीहरुलाई मुलुक फर्काउन सरकार तयार छ भनेर दिएको अभिव्याक्ति राजनैतिक गफ होईन भने अव हजारौ लाई राख्न सकिने अस्थाई आईसोलेसन सेन्टर बनाउन थाले हुन्छ । विदेश छाडेर नेपाल फर्कन चाहाने नेपालीहरुको संख्या लाखौ छ ।
सरकारले यस कार्यका लागि सात प्रदेशका सरकार भंग गरे उक्त कार्यका लागि बजेटको कुनै अभाव हुदैन । आफ्ना नागरिक नै नचाहिएको हो भने कुरा बेग्लै हो । प्रदेश सरकार नेपाल जस्तो मुलुकका लागि नमच्चिने पिङ्ग को सय झड्का भन्ने अब सवैले बुझिसकेका छन । सवै भन्दा पहिले त्यसलाई खारेज गरौ, कोरोनाले यहि भन्छ । हाम्रो जस्तो सानो भुगोल र गरिब देशका लागि दुई तह को सरकार काफी छ ।
अष्ट्रेलिया, कोरिया, जापान, अमेरिका र युरोप तिर बस्ने नेपालीहरुको मनोविज्ञान समेत अहिले नेपाल नै फर्कन पाए हुन्थ्यो भन्ने भईरहेको छ भने खाडी र मलेशियामा काम गर्ने श्रमिकहरु त प्लेन खुलेका दिनबाट नै फर्कन शुरु गर्नेवाला छन । कसलाई के थाहा कोरोनाको कहर कति समय चल्ने हो । सधै भरी हवाईजाहज बन्द गरेर नै विश्व त चल्दैन होला पक्कै पनि । अनि नेपालले समेत हवाई सेवा खोलेका दिनबाट आउने नेपालीलाई रोक्न त मिल्दैन होला । कोरोना एकाध महिना वा सालभरमा समाप्त हुनेवाला छैन । यो समाप्तै भयो भने पनि लाखौले त्यसबेला सम्म रोजगारी गुमाईसकेका हुनेछन । उनीहरु घर नफर्केर कहाँ जाउन ? कसैको परिवारले चाहादैन मेरो मान्छे अव घर नआई उतै बसोस । अनि लाखौ नेपाली घर आउदा कम्तिमा पनि हजारको संख्यामा कोरोना नआउला भन्ने छैन । यसर्थ अव को प्राथामिकता एक पटकमा हजारौको संख्या अटाउने ठुलठुला क्वारेन्टाईन सेन्टर हुन जरुरी छ ।
कामना गरौ यसको भ्याक्सिन चाडै तयार होस यदि त्यसै भए पनि त्यो नेपाल जस्तो देशमा सर्वसाधारणको उपचारका पहुचमा पुग्न त्यसपछि कति समय लाग्ला । यसर्थ दिर्घकालिन र दुरदृष्टि देखाउने बेला आईसकेको छ । महाकाली पुलमा जवरजस्ती रोक्न खोज्दा लुकिछिपी पस्नेहरुका कारण संक्रमण कसरी फैलियो देखिसकेको कुरा हो । यसर्थ राज्यले बुझोस खाडीमा बस्ने हजारौ नेपाली झिटिगुण्टा बाधेर बसेका छौ ।