Saturday 11th April 2026

थप एकजनामा कोरोना संक्रमण पुष्टि


तितोपाटी- कतारको दोहा हुँदै नेपाल आएका थप १ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार कतारको दोहा हुँदै क्यूआर ६५२ उडानमार्फत नेपाल आएका व्यक्तिमा कोरोना भाइरस परीक्षणको रिपोर्ट पोजेटिभ आएको हो ।
यसअघि सोही विमानमार्फत नेपाल आएका २ जना युवतीमा संक्रमण देखिएको थियो । १ जनाको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचार भइरहेको छ भने १ जनाको बागलुङमा उपचार भाइरहेको छ । योसँगै नेपालमा कोरोना संक्रमण पोजेटिभ देखिएका ६ केस पुगेको प्रवक्ता देवकोटाले बताए ।
यसअघि दुबईबाट आएका २ जनामा कोरोना संक्रमण देखिएको थियाे । उनीहरूमध्ये १ जनाको टेकुमा र अर्का एक जनाको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।


सम्बन्धित शीर्षकहरु

इस्लामाबादमा अमेरिका र ईरानबीच जारी उच्चस्तरीय वार्ता निर्णायक मोडमा पुगेको छ। ईरानी सरकारी टेलिभिजन IRINN ले स्पष्ट चेतावनी दिँदै आफ्ना…

तीतोपाटी - जन-जागृति युवा समाज कुवेतले नेपाली नयाँ वर्ष २०८३ को भित्तेपात्रो सार्वजनिक गरेको छ । विगत १६ वर्षदेखि हरेक…

डिआइजी (DIG) र प्रमुख जिल्ला अधिकारी (CDO) को बरियतासम्बन्धी बहस अहिले केवल पदको सम्मानको विषय मात्र रहेन, यो राज्य संयन्त्रको…

प्रतिकृयाहरू
...