तितोपाटी- नेपालमा कोरोना भाइरस पोजेटिभ भेटिएकी बाग्लुङकी २२ वर्षीय युवतीपनि गत ४ चैतमा कतार एयरवेजवाट नेपाल आएको खुलेको छ ।
उनीसँगै नेपाल आएकी अर्की एकजनालाई यसअघि नै कोरोना पोजेटिभ भएको पुष्टि भइसकेको छ ।आज मन्त्रालयले गरेको पत्रकार सम्मेलनमा उनी करतारबाट आएको बताइएको छ । आज भेटिएकी युवतीसँगै नेपालमा दोस्रो संक्रमितका रुपमा भेटिएका व्यक्तिको हाल टेकु अस्पतालमा उपचार भइरहेको छ । उनीहरु दुबै जना चैत ४ गते फ्रान्सबाट कतार हुँदै नेपाल आएको कतार एयरवेजको क्यू आर ६५२ उडानबाट काठमाडौं आएका हुन् ।