Wednesday 16th September 2026

कोरोनाले दिएका पिडा र पिडा भित्रका खुशीहरु


बालकृष्ण घिमिरे , काभ्रे – महामारिको रुपमा विश्वभरी आफ्नो आधिपत्य जमाउन सफल कोरोना आज आएर शक्ती राष्ट्रहरुको जुहारिको प्रमुख बिषय बन्दै गएको छ् । चाइनाको वुहान बाट सुरुभएको भाईरस आज विश्वको शक्तीशाली राष्ट्र हुँ भन्ने अमेरिकामा समेत आफ्नो प्रमुख उपस्थीती जनाउने तरखरमा सकृय देखिन्छ ।साम्राज्यवादी अमेरिकि ट्रम प्रशासनले चाईनिज भाईरसको नामले नामाकरण गर्ने चेष्टा गरिरहदाँ वुहान प्रवेश गरेका अमेरिकि सेना द्द्वारा आफ्नो मुलुकमा कोरोना प्रवेश गरेको भन्ने भनाई चाइना प्रशासनले व्यक्त गरेको छ् ।दुई शक्तीशाली राष्ट्रका प्रमुख व्यक्तिहरुले एक अर्कामा हिलो छ्याप्दै गर्दा कोरोना भने हौसिदैँ आफ्नो शक्ती विश्वका शक्तिशाली राष्ट्र भन्दा चौगुणा बढी रहेको प्रमाण दिदैँ लम्किएको छ् भन्दा अतियुक्ती नहोला । जे होस् , सुरुमा चाईनामा आफ्नो बलियो उपस्थिती जनाएको कोरोना भाईरसलाई बेलैमा नचिन्दा आज इटाली , अमेरिका लगएतका मुलुकहरु तिब्र मानव क्षेती व्यहोर्न वाध्य भएका छन । आफुलाई मेडिकल क्षेत्रमा सक्षेम र अव्बल सावित गरी सकेका राष्ट्रहरु आज कोरोनाका कारण उक्त सक्षेमता र अव्बलतालाई पानीको फोका प्रमाणित गर्दै छन् ।त्यसो हुनुको प्रमुख कारण समयमै कोरोना बारे जनतालाई जाग्रित गर्न नसक्नु , राज्यले लागु गरेका नियमहरुलाई जनताले अटेर गर्नु ।यो महामारिले शक्ती राष्ट्र वा गरिव राष्ट्र केही भन्दैन भन्ने भावना बाट अभिप्रेरित भई एकले अर्कामा दोसारोपण गर्नु भन्दा हातमा हात मिलाई विश्वलेनै संयुक्त योजाना बनाई अगाडि बड्न नसक्नु नै कोरोना शक्तीशाली बन्दै जानुको प्रमुख कारण हो ।

नेपालमा कोरोना

कोरोनाको असर वुहान , इट्ली , अमेरिका लगाएतका मुलुकहरुमा पनि सुरुमा एक बाट सुरु भही आज हजारौ भन्ने अवस्थामा पुगेको समाचार देख्न , सुन्न र पढ्न् पाएका छौँ । आज हाम्रो देश नेपालमा तीन जनामा संक्रमण देखिएको भनिएता पनि सिंगो मुलुक होम क्वेरण्टाईनमा छ भने अन्य मुलुकमा रहेका नेपालीहरुको कोरोनाकै कारण मृत्‍यु समेत भैसकेको छ  हाल सम्मको तथ्यलाई आधार मान्दा तीन जना संक्रमित पनि अन्य मुलुक बाट स्वदेश आएका व्यक्ती हुन र ति मुलुकहरुले सुरुमा कोरोनाको बारेमा ध्यान नदिएको प्रश्ट हुन्छ । नेपालको मेडिकल क्षेत्र अन्य मुलुकको तुलनामा सम्भवत सबै भन्दा पिछडिएको क्षेत्र हुनुपर्दछ  हाम्रा सरकारी अस्पातालहरुको पुर्वाधार देखी प्रशासनीक निकायको कुरा गर्ने हो भने सामान्य जरो , रुघाखोकी लाग्द समेत प्रयाप्त औषधी उपचारको त कुरै छाड्दियौ आरामदायी बेड , सफा सुग्घर भवन , सोच्छ र प्रयाप्त पियुनी पानी , दक्ष्य र प्रयाप्त डाक्टर नर्स छैनन भने केही राम्रा र उपयुक्त भनिएका निजी अस्पतालहरुको चरित्र एनिहाउ पैसा कमाउ भएको प्रमाण उनिहरु स्वयंमले यो कोरोना काण्ड बाटै देखाई सके । पैसा र पावरको आडमा अस्पताल खोली जनतालाई लुट्ने लाईसन्स पाएका केही निजी अस्पतालहरुले यो बिपतको घडीमा देखाएको रवैयाका कारण सरकारले तत्काल त्यस्ता माफियाहरुका निजी मेडिकल तथा अस्पतालहरु सरकारी करण गर्नुको विकल्प देखिदैँन ।

जनता
आज हामी केही मान्छेहरु रमिते भएका छौ । बौलाह कुकुर झै अनावश्यक सडकमा भुक्दै संक्रमण कहाँ पाईन्छ भन्दै खोजी हिड्दै छौ । कतिपयलाई कोरोना नाकाबन्दिमा लुटेझै लुट्ने माध्यम बनेको छ् । कमाउने मौका भएको छ्  राज्यले जे जे नगर भनेको छ् त्यही त्यही गर्दै छौ । अनी राज्यका अंगहरुलाई भट्टि भित्र लुकेर सराप्ने माध्यम भएको छ कोरोना ।राज्यका पनि कमजोरी होलान तर आज त्यही कमजोरिहरुलाई हतियार बनाएर राजनीति गर्ने अवस्था हैन । कोरोना नियन्त्रण गर्न राज्यले गरेका कमजोरिहरुलाई ईस्यु बनाई सत्ता प्राप्तिको भर्र्याङ् खोज्नु र सरकार संचालनमा रहेको पार्टिले प्रतिपक्ष वा अरुको कुरै नसुन्नु यो अवधिको सबै भन्दा महाभुल सिवाय केही हुने छैन ।असक्ष्यम र अविकसित मुलुकमा नाम दर्ज भएको देशका हामी जनताले यो महामारी अन्य विकसित मुलुकमा झै फैलिदैँ गर्दा हामीले पेट्रोल छर्किएर सलाई कोर्दाको अवस्था झेल्नुको विकल्प छैन ।

पिडा

कोरोनाका कारण आज मुलुक हरेक हिसावले पिडा युक्त बन्दै गएको छ् । बिहान कमाएर बेलुका चुलो बाल्नेहरु भोकभोक्कै पर्ने अवस्थाको श्रीजना भएको छ । हुने खानेहरुले महिनौ हैन बर्षौलाई पुग्ने गरी खाध्यान लगाएतका आवश्यक सामाग्री थुपारेका छन् ।दैनिक काम गरेर खानेहरु कृतिम अभावको सिकार भएका छन् ।
पिडा भित्रको खुशी
कोरोना महामारी गाउँमा भन्दा शहरमा छिट्टो फैलनै त्रासका कारण शरमा रहेका धेरै मानिस गाउँ फर्किएका छन् । गाउँमा एकखाले पिडा भित्रको रौनक थपिएको छ । बिहान झिस्मिसै काममा गएको बाउ बेलुका ढिलो सम्म घर नफर्किदा छोरा छोरीले बाउ चिन्न पाएका थिएनन् । महिनौँ शहरमा बसेका छोरा , बुहारी र नातिनातिनाहरु घर आएका कारण बुढा भएका बा आमाको अनुहारमा पिडा भित्रको खुशी छचल्किएको छ । बर्षौ वर्ष नभेटेको दौतरी सँग भेटहुँदा साथीभाईहरुको मन एकैछिन कोरोनालाई भुलेर भएपनी खुशीमा परीणत भएको छ ।

त्यसैले यि भावनाहरु पोखिरहदाँ विश्व आज रोएको छ । मेरो सानो हेल्चक्याईले मेरो परिवार , गाउँ , टोल , बस्ती हुँदै शहर र सिंगो मुलुक सखाप पार्न म लाग्दिन भन्ने प्रण गरौँ ।घर भित्रै बसौँ । विभिन्न माधायमा बाट कोरोना नियन्त्रणका लागि सकारात्मक भूमिका निर्वहाँ गरौँ । आज कोरोना संक्रमित भए पन्ध्रौ दिनका दिन सम्भवत मृत्‍यु वरण गरेको दोस्रो दिन हुने छ ।लास उठाउने व्यक्ती अगाडि नपर्दा लास कोठामा डुङ्डुण्ती गनाउने छ । र आजको पिडा भित्रको खुशीलाई पनि कोरोनाले जित्ने छ् ।अस्तु !


सम्बन्धित शीर्षकहरु

लिथुआनियाको आकाशमा प्रवेश गरेको एक ड्रोनलाई NATO का लडाकु विमानहरूले खसालेका छन्। अधिकारीहरूका अनुसार यो पहिलो पटक हो जब लिथुआनियाको…

कुवेतको पुनरावेदन अदालतअन्तर्गत राज्य सुरक्षा इजलासले हिजबुल्लाहको सदस्यता तथा आर्थिक सहयोगसम्बन्धी मुद्दामा तल्लो अदालतले सुनाएको फैसला सदर गरेको छ। अदालतले…

मलेसियाले नेपालका २५ वटा म्यानपावर कम्पनीलाई मात्र एफडब्लूसीएमएस प्रणालीमार्फत श्रमिक पठाउने अनुमति दिएपछि विवाद उत्पन्न भएको छ। नेपाल सरकारले यसलाई…

प्रतिकृयाहरू
...