Friday 16th January 2026

भारतमा एकैदिन ७१ जनामा काेराेना संक्रमण


तितोपाटी- भारतमा ३२७ जनामा काेराेना भाइरसकाे संक्रमण देखिएकाे पुष्टि भएकाे छ। शनिबारमात्रै थप ७१ जनामा काेराेनाकाे संक्रमण देखिएकाे भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

संक्रमितमध्ये ३०० जनाकाे अस्पतालमा उपचार भइरहेकाे छ। २३ जना उपचारपछि निकाे भएका छन्।दैनिक भास्करका अनुसार एक बालकमा पनि काेराेना देखिएकाे छ। काेराेना परीक्षणमा ४ वर्षीय बालकमा नतिजा पाेजेटिभ देखिएकाे हाे। उनकाे जोरहट मेडिकल कलेज र अस्पताल ल्याबमा परीक्षण गरिएको थियो। जोरहटकी उपायुक्त रोशनी अपरञ्जी कोरातीले बच्चाकाे पुन: नमूना परीक्षणका लागि लाहाेरस्थित आईसीएमआर ल्याबमा पठाइएको बताइन्।काेराेनाका कारण भारतमा ४ जनाकाे ज्यान गएकाे छ।


सम्बन्धित शीर्षकहरु

आज माघ महिनाको पहिलो दिन अर्थात् माघे सङ्क्रान्ति पर्व देशभर हर्षोल्लासका साथ मनाइँदै छ। सूर्य आज धनु राशिबाट मकर राशिमा…

नेपाली कांग्रेसको नयाँ केन्द्रीय कार्य समिति गठन भएको छ। पार्टीको हालै सम्पन्न महाधिवेशनबाट गगन कुमार थापा सभापतिमा निर्वाचित भएका छन्।…

संयुक्त राज्य अमेरिकाले नेपालसहित ७५ देशका नागरिकका लागि आप्रवासी (Immigrant) भिसा प्रक्रिया स्थगित गर्ने निर्णय गरेको छ। अमेरिकी विदेश मन्त्रालयले…

प्रतिकृयाहरू
...