Sunday 15th March 2026

भारतमा एकैदिन ७१ जनामा काेराेना संक्रमण


तितोपाटी- भारतमा ३२७ जनामा काेराेना भाइरसकाे संक्रमण देखिएकाे पुष्टि भएकाे छ। शनिबारमात्रै थप ७१ जनामा काेराेनाकाे संक्रमण देखिएकाे भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

संक्रमितमध्ये ३०० जनाकाे अस्पतालमा उपचार भइरहेकाे छ। २३ जना उपचारपछि निकाे भएका छन्।दैनिक भास्करका अनुसार एक बालकमा पनि काेराेना देखिएकाे छ। काेराेना परीक्षणमा ४ वर्षीय बालकमा नतिजा पाेजेटिभ देखिएकाे हाे। उनकाे जोरहट मेडिकल कलेज र अस्पताल ल्याबमा परीक्षण गरिएको थियो। जोरहटकी उपायुक्त रोशनी अपरञ्जी कोरातीले बच्चाकाे पुन: नमूना परीक्षणका लागि लाहाेरस्थित आईसीएमआर ल्याबमा पठाइएको बताइन्।काेराेनाका कारण भारतमा ४ जनाकाे ज्यान गएकाे छ।


सम्बन्धित शीर्षकहरु

काठमाडौं — Non-Resident Nepali Association (एनआरएनए) को १२औँ विश्व सम्मेलन तथा महाधिवेशनमा ४ हजार २८६ प्रतिनिधि सहभागी हुने भएका छन्।…

गैरआवासीय नेपाली संघको यही मार्च १४–१६, २०२६ मा सम्पन्न हुन गइरहेको १२औँ एकता अन्तर्राष्ट्रिय महाधिवेशनमा कुवेतबाट मध्यपूर्व संयोजक पदका लागि…

इजरायली सेनाले लेबनानको लिटानी नदीमाथिको जरारीह पुलमा प्रहार गरेको बताएको छ किनभने यो हिज्बुल्लाहले प्रयोग गर्ने प्रमुख क्रसिङ थियो, यसले…

प्रतिकृयाहरू
...