Saturday 11th April 2026

नेपाल आएका ३५ जना विदेशीलाई विमानस्थलबाटै फिर्ता


तितोपाटी- त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयले ३५ विदेशीलाई नेपाल प्रवेशमा रोक लगाउँदै विमानस्थलबाटै फिर्ता पठाएको छ ।

स्वास्थ्य प्रमाणपत्र नल्याई नेपाल प्रवेश गर्न खोज्ने ३५ विदेशीलाई फिर्ता (इन्ट्री रिफ्युज्ड) गरेको अध्यागमनले जानकारी दिएको हो । फागुन २७ गतेदेखि सोमबारसम्म गरी ३५ जनालाई फिर्ता पठाइएको विभागले जनाएको छ ।
फिर्ता पठाइनेमा सबैभन्दाबढी फ्रान्सका ६ जना रहेका छन् भने चीन र बेलायतका ५-५ जना रहेका छन् । त्यसैगरी ४ जना जापानी नागरिकलाई पनि फिर्ता पठाइएको विभागले जनाएको छ। नेदरल्याण्ड, इटाली, इजरायल, अमेरिका, मेक्सिको लगायतका नागरिकलाई फिर्ता पठाइएको हो ।

फिर्ता भएकाहरु अधिकांश गैरआवासीय नेपाली संघमा आवद्ध नेपाली मुलका विदेशी नागरिक रहेको र उनीहरुले भिसा नेपालमै लगाउने भन्दै आएको बुझिएको छ ।पछिल्लो केही दिन यता कोरोना भाइरस रोकथाम र नियन्त्रणका लागि अध्यागमनले स्वास्थ्य प्रमाणपत्र नल्याएका विदेशीलाई फर्काउने नीति लिएको छ ।

कोरोना भाइरस रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको निर्णय बमोजिम गृह मन्त्रालयले अनअराइभल भिसा दिने प्रक्रिया समेत यसअघि नै स्थगित गरिसकेको छ । हाल सम्बन्धित मुलुकका नेपाली दूतावासले मात्र भिसा जारी गर्दै आएका छन् ।

कुन देशका कति जना फिर्ता पठाइए ?

फ्रान्स: ६
चीन: ५
बेलायत: ५
जापान: ४
नेदरल्याण्डस्: ३
इटली: २
इजरायल: २
चेक रिपब्लिक: २
हङकङ: १
अमेरिका: १
मेक्सिको: १
अफगानिस्तान: १
अष्ट्रेलिया: १
मलेसिया: १


सम्बन्धित शीर्षकहरु

इस्लामाबादमा अमेरिका र ईरानबीच जारी उच्चस्तरीय वार्ता निर्णायक मोडमा पुगेको छ। ईरानी सरकारी टेलिभिजन IRINN ले स्पष्ट चेतावनी दिँदै आफ्ना…

तीतोपाटी - जन-जागृति युवा समाज कुवेतले नेपाली नयाँ वर्ष २०८३ को भित्तेपात्रो सार्वजनिक गरेको छ । विगत १६ वर्षदेखि हरेक…

डिआइजी (DIG) र प्रमुख जिल्ला अधिकारी (CDO) को बरियतासम्बन्धी बहस अहिले केवल पदको सम्मानको विषय मात्र रहेन, यो राज्य संयन्त्रको…

प्रतिकृयाहरू
...