Saturday 4th April 2026

अर्घाखाँचीमा भारी हिमपात जनजीवन कष्टकर


तितोपाटी- अर्घाखाँची जिल्लामा शनिबार साँझदेखि परेको अविरल बर्षा संगै भारी हिमपातका कारण जनजीवन प्रभावित भएको छ।

हिजो शुक्रवार देखी परेको हिमपातले जिल्लाका उच्च पाहाड खाँचिकोट मैदान, नरपानी, बागमारा, गौचोर, लगायत अन्य स्थानहरूमा भएपछी जनजीवन प्रभावित भएको हो।

वर्षा संगै भारी हिमपातले कृषकमा निराशा छाएको छ। यो वर्ष चैत्र महीनामा परेको हिमपातले हरियो तरकारीमा ठुलै असर पुग्ने बताउदै बारीमा रहेको हरियो साग सब्ज़ी हाल सम्म घर नभित्र्याएका कारण किसान चिन्तित बनेका छन् । त्यस्तै हिमपातले जिल्लाबासीहरूलाई आवतजावत गर्न समस्या बनाएको छ ।

हिमपात हुन थालेपछि स्थानीयवासीलाई घरबाहिर निस्कनसमेत समस्या भएको छ । चैत्र महीनामा हिमपात परेपछी स्थानीय अचम्मित परेका छन।

हिमपातका कारण धेरै स्थानमा जनजीवन प्रभावित भएको छ । कतै बाटो अवरुद्ध छ भने कतै गाउँ नै सम्पर्कबिहीन छ । तर हिमपातका दृश्य हेर्न लायक छन् । डाँडाकाँडा हिउँले ढाकेर सेताम्य भएका छन् । हिमपातसँगै अत्यधिक चिसो समेत बढेकोले अर्घाखाँचीको जनजीवन कष्टकर बनेको छ।


सम्बन्धित शीर्षकहरु

मध्यपूर्वमा जारी युद्धको धुवाँ केवल तेल बजारमा मात्र सीमित छैन, यसको असर अब नेपाली खेतबारी र भान्सासम्म फैलिन थालेको छ।…

५० वर्षभन्दा बढी समयपछि नासाले फेरि मानवसहितको चन्द्र अभियान सुरु गरेको छ। आर्टेमिस–२ को सफल प्रक्षेपण केवल एउटा अन्तरिक्ष मिशन…

नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल र पोर्चुगलका परराष्ट्रमन्त्री पाउलो रंगेलबीच भएको टेलिफोन संवादलाई सामान्य शिष्टाचार वार्ताको रूपमा मात्र हेर्न मिल्दैन। यो…

प्रतिकृयाहरू
...