Friday 16th January 2026

स्पेनका प्रधानमन्त्री सान्चेजकी श्रीमतीलाई कोरोना भाइरस


तितोपाटी- स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजकी श्रीमतीलाई पनि कोरोना भाइरस (कोभिड–१९) संक्रमण भएको पाइएको छ ।

स्पेन सरकारले वक्तव्य जारी गर्दै प्रधानमन्त्री सान्चेजकी श्रीमती डोना बेगोना गोमेजलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको उल्लेख गरेको छ ।
प्रधानमन्त्री निवासमा गरिएको परीक्षणको क्रममा डोनालाई संक्रमण देखिएको हो । उनलाई प्रधानमन्त्री निवासमै आइसोलेसन कक्षमा राखेर उपचार सुरु गरिएको छ ।
प्रधानमन्त्री सान्चेजले कोरोना भाइरसको संक्रमण रोक्ने प्रयास स्वरुप देशभर संकटकाल घोषणा गरेको केही घन्टापछि प्रधानमन्त्री पत्नीलाई कोरोना भाइरस संक्रमण पत्ता लागेको हो । श्रीमतीलाई कोरोना भाइरस देखिएपछि प्रधानमन्त्री सान्चेजलाई पनि आइसोलेसनमा राखिएको र स्वास्थ्य अवस्था राम्रो रहेको जनाइएको छ ।


सम्बन्धित शीर्षकहरु

आज माघ महिनाको पहिलो दिन अर्थात् माघे सङ्क्रान्ति पर्व देशभर हर्षोल्लासका साथ मनाइँदै छ। सूर्य आज धनु राशिबाट मकर राशिमा…

नेपाली कांग्रेसको नयाँ केन्द्रीय कार्य समिति गठन भएको छ। पार्टीको हालै सम्पन्न महाधिवेशनबाट गगन कुमार थापा सभापतिमा निर्वाचित भएका छन्।…

संयुक्त राज्य अमेरिकाले नेपालसहित ७५ देशका नागरिकका लागि आप्रवासी (Immigrant) भिसा प्रक्रिया स्थगित गर्ने निर्णय गरेको छ। अमेरिकी विदेश मन्त्रालयले…

प्रतिकृयाहरू
...