Friday 16th January 2026

पूर्वमन्त्री बास्कोटाको घरमा बमविस्फोटका योजनाकार पक्राउ


तिताेपाटी – पूर्वमन्त्री गोकुल बास्कोटाको भक्तपुर स्थित घरमा बम बिस्फोटका योजनाकार देव बहादुर गुुरुङ पक्राउ परेका छन । पक्राउ परेका गुरुङ विप्लब नेतृत्वको नेकपा भक्तपुरका जिल्ला सदस्य रहेको प्रहरीले जनाएको छ ।

महानगरीय प्रहरी परिसर भक्तपुरका प्रमुख एसपी सविन प्रधानका अनुसार गुरुङ बम विस्फोट भएको स्थान नजिकै भक्तपुरको मनोहराबाट पक्राउ परेका हुन । देव गुरुङको योजनामा गोकुल बास्कोटाको घरमा बम विस्फोटको गराइएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । एसपी प्रधानले यसबारे थप अनुसन्धान भइरहेको बताए ।

नयाँ पत्रिकाबाट साभार


सम्बन्धित शीर्षकहरु

आज माघ महिनाको पहिलो दिन अर्थात् माघे सङ्क्रान्ति पर्व देशभर हर्षोल्लासका साथ मनाइँदै छ। सूर्य आज धनु राशिबाट मकर राशिमा…

नेपाली कांग्रेसको नयाँ केन्द्रीय कार्य समिति गठन भएको छ। पार्टीको हालै सम्पन्न महाधिवेशनबाट गगन कुमार थापा सभापतिमा निर्वाचित भएका छन्।…

संयुक्त राज्य अमेरिकाले नेपालसहित ७५ देशका नागरिकका लागि आप्रवासी (Immigrant) भिसा प्रक्रिया स्थगित गर्ने निर्णय गरेको छ। अमेरिकी विदेश मन्त्रालयले…

प्रतिकृयाहरू
...