Tuesday 20th October 2026

पशुपति मन्दिर परिसरमा झाडु लगाउँदै पूर्वयुवराज पारश शाह


पूर्वयुवराज पारश शाह शनिबार भिन्न रूपमा देखिए।सिमसिम पानी परिरहेका बेला शनिबार गाडी चढेर पशुपतिनाथ मन्दिर परिसर पुगेका शाह सरसफाइ कार्यक्रममा सरिक भएका हुन्।सरसफाइ अभियान सञ्चालन गरिरहेका केपी खनालको निम्तो स्वीकारेर पूर्वयुवराज शाह पशुपतिनाथ मन्दिर पुगेका थिए। सुरूमा खनालले नै पारशलाई स्वागत गरे। माला लगाइदिए। त्यसपछि उनले शाहलाई धेरैपटक कोशिस गरेर सरसफाइ कार्यक्रमसम्म ल्याउन पाएको बताए।

‘हामी हर्षित छौं, पशुपतिको आँगन हेर्न पूर्वयुवराज आउनुभयो,’ खनालले भने, ‘हामी पढ्न छाडेर सरसफाइ अभियानमा जुटिरहेका छौं। सरसफाइका लागि पूर्वयुवराजलाई सडकमा ल्याउनु लाज हो।’उनले मातृभूमिलाई बचाउनुपर्ने समय रहेको पनि बताए। ‘मातृभूमिलाई बचाउनुपर्ने समय छ। लड्नका लागि झाडु छ। बाटो होइन मनको सफाइका लागि झाडु लगाउनुपर्ने छ,’ खनालले भने। खनालले बोलुञ्जेल पूर्वयुवराज शाह सुनिरहेका थिए। उनलाई पनि केही शब्द राख्न अनुरोध गरे पनि शाह बोलेनन्।

लगत्तै खनालले झाडु र पन्जा ल्याए। पन्जा लगाउन शाहलाई अनुरोध गरे पनि उनले मानेनन्। ‘पर्दैन, पर्दैन,’ शाहले भने। त्यसपछि उनले झाडु लिएर सरसफाइ सुरू गरेका थिए। उपस्थित सहभागीले ताली पिटेर स्वागत गरे। शाहले ल स्टाट, स्टाट भन्दै सरसफाइ सुरूवात गरेका थिए।लगत्तै उनले सरसफाइ अभियन्ताहरूसँग फोटो खिचाए। फोटो खिच्ने क्रममा शाहले ब्यानर पनि चाहिन्छ भनेका थिए। पूर्वयुवराज शाह पशुपति परिसरमा सरसफाइमा जुट्दा खुसी देखिन्थे।

-सेतोपाटीबाट


सम्बन्धित शीर्षकहरु

जनताको असन्तुष्टिबाट सुरु भएको आन्दोलन जब स्वार्थ समूहको नियन्त्रणमा पुग्छ, तब अधिकारको आवाज अराजकताको कोलाहलमा हराउन थाल्छ। फ्रान्स, बेल्जियम, इटाली…

यमनको शबवा प्रान्तस्थित सैन्य शिविरमा हुथी विद्रोहीले तीनवटा ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गर्दा ५० जनाभन्दा बढीको मृत्यु भएको र कम्तीमा २००…

मध्यपूर्व क्षेत्रमा बढ्दो सुरक्षा जोखिम र क्षेत्रीय तनावलाई ध्यानमा राख्दै अमेरिकाले साउदी अरेबिया, यूएई, कुवेत, जोर्डन, बहराइन, ओमान, कतार, इराक,…

प्रतिकृयाहरू
...