Thursday 24th September 2026

पशुपति मन्दिर परिसरमा झाडु लगाउँदै पूर्वयुवराज पारश शाह


पूर्वयुवराज पारश शाह शनिबार भिन्न रूपमा देखिए।सिमसिम पानी परिरहेका बेला शनिबार गाडी चढेर पशुपतिनाथ मन्दिर परिसर पुगेका शाह सरसफाइ कार्यक्रममा सरिक भएका हुन्।सरसफाइ अभियान सञ्चालन गरिरहेका केपी खनालको निम्तो स्वीकारेर पूर्वयुवराज शाह पशुपतिनाथ मन्दिर पुगेका थिए। सुरूमा खनालले नै पारशलाई स्वागत गरे। माला लगाइदिए। त्यसपछि उनले शाहलाई धेरैपटक कोशिस गरेर सरसफाइ कार्यक्रमसम्म ल्याउन पाएको बताए।

‘हामी हर्षित छौं, पशुपतिको आँगन हेर्न पूर्वयुवराज आउनुभयो,’ खनालले भने, ‘हामी पढ्न छाडेर सरसफाइ अभियानमा जुटिरहेका छौं। सरसफाइका लागि पूर्वयुवराजलाई सडकमा ल्याउनु लाज हो।’उनले मातृभूमिलाई बचाउनुपर्ने समय रहेको पनि बताए। ‘मातृभूमिलाई बचाउनुपर्ने समय छ। लड्नका लागि झाडु छ। बाटो होइन मनको सफाइका लागि झाडु लगाउनुपर्ने छ,’ खनालले भने। खनालले बोलुञ्जेल पूर्वयुवराज शाह सुनिरहेका थिए। उनलाई पनि केही शब्द राख्न अनुरोध गरे पनि शाह बोलेनन्।

लगत्तै खनालले झाडु र पन्जा ल्याए। पन्जा लगाउन शाहलाई अनुरोध गरे पनि उनले मानेनन्। ‘पर्दैन, पर्दैन,’ शाहले भने। त्यसपछि उनले झाडु लिएर सरसफाइ सुरू गरेका थिए। उपस्थित सहभागीले ताली पिटेर स्वागत गरे। शाहले ल स्टाट, स्टाट भन्दै सरसफाइ सुरूवात गरेका थिए।लगत्तै उनले सरसफाइ अभियन्ताहरूसँग फोटो खिचाए। फोटो खिच्ने क्रममा शाहले ब्यानर पनि चाहिन्छ भनेका थिए। पूर्वयुवराज शाह पशुपति परिसरमा सरसफाइमा जुट्दा खुसी देखिन्थे।

-सेतोपाटीबाट


सम्बन्धित शीर्षकहरु

चिनियाँ राष्ट्रपति सी चिनफिङ यस साता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेटवार्ता गर्न वासिङ्टन पुग्दैछन्। सन् २०१७ मा ट्रम्पसँग पहिलो पटक…

सम्झनाको त्यो दिन त्यो दिन अझै आँखामा, त्यो क्षण मुटुमा बाँच्छ। समय टाढा लागे पनि, सम्झनाले नछोड्छ। सँगै हिँडेका बाटा,…

प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका जाने भएपछि अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी दिइएको…

प्रतिकृयाहरू
...