Saturday 4th April 2026

कुवेतमा कोरोनाको डर: ७ देशका नागरिकहरूलाई प्रवेश निषेध


तितोपाटी- कुवेतमा बढ्दो नोबेल कोरोना संक्रमणको त्रासमा कुवेत सरकारले उडानलाई अस्थायी समयका लागि ७ देशका नागरिकहरूलाई हिजो देखी अर्कों सूचना सम्मको लागी प्रवेश निषेध गरेको छ।

कुवेतको नागरिक उड्डयन महानिर्देशक (डीजीसीए) ले कुवेत अन्तर्राष्ट्रिय विमानस्थल आउने र जाने सबै उडानहरू निम्न देशहरूका लागि अस्थायी रूपमा निषेध गरिएको बताएको छ। उक्त देशहरूबाट उडान एक हप्तासम्मको लागी प्रवेश निषेधित रहने बताइएको छ। निषेधित देशहरू फिलिपिन्स, बंगलादेश, भारत, श्रीलंका, सिरिया, लेबनान, र इजिप्ट रहेका छन।

विश्वभरी कोरोना भाइरसको प्रकोप बढ्दै जादा कुवेत भित्र थप कोरोना भाइरस फैलिन नदिन सोही निर्णय गरेको हो।हिजो ६ मार्चका दिन एक विज्ञप्ति निकाल्दै भाइरस नियंत्रण गर्न ७ देशका नागरिकहरूलाई प्रवेश निषेध गरेको बताउदै कुवेतस्थित आन्तरिक मन्त्रालयले सूचना जारी गरेको थियो।

कोरोना भाइरस तीव्रगतीमा बढ़ीरहेको र हाल सम्म विश्वका ९० भन्दा बढ़ी देशमा कोरोना संक्रमित रहेकाले अर्कों सूचना सम्मका लागी आवत जावतमा प्रतिबन्ध लगाइएको हो।गत डिसेम्बरबाट चीनको वुहानहुँदै फैलिएको कोविड–१९ नामको नयाँ कोरोना जीवाणु (भाइरस) कुवेतमा पनि बढ़ने क्रम जारीरहेको छ । कुवेतमा संक्रमितको संख्या ५८ पुगेको कुवेतस्थित स्वास्थ्य मन्त्रालय (Moh)ले जनाएको छ ।नोबेल कोरोनाबाट सङ्क्रमित भएका व्यक्तिहरुको संख्या विश्वव्यापी रूपमा एक लाख भन्दा बढ़ी रहेका छन भने ३५ सय भन्दा बढ़ीको मृत्यु भइसकेको छ।


सम्बन्धित शीर्षकहरु

मध्यपूर्वमा जारी युद्धको धुवाँ केवल तेल बजारमा मात्र सीमित छैन, यसको असर अब नेपाली खेतबारी र भान्सासम्म फैलिन थालेको छ।…

५० वर्षभन्दा बढी समयपछि नासाले फेरि मानवसहितको चन्द्र अभियान सुरु गरेको छ। आर्टेमिस–२ को सफल प्रक्षेपण केवल एउटा अन्तरिक्ष मिशन…

नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल र पोर्चुगलका परराष्ट्रमन्त्री पाउलो रंगेलबीच भएको टेलिफोन संवादलाई सामान्य शिष्टाचार वार्ताको रूपमा मात्र हेर्न मिल्दैन। यो…

प्रतिकृयाहरू
...