Tuesday 13th January 2026

झापाली समाज कुबेतको चौथो अधिबेशन स्थगित


तितोपाटी -झापाली समाज कुबेतले आउदो मार्च ६ मा गर्न लागेको चौथो महाधिबेशन स्थगित भएको छ। विश्वभरी फैलिएको कोरोना भाईरस को संक्रमण कुबेतमा पनि देखिएको ले तत्कालको लागि अधिबेशन स्थगित गरिएको समाजले एक सुचना जारी गर्दै जानकारी गराएको छ ।

समाजका अध्यक्ष लोमश बास्तोला र महासचिब प्रसाद तिमल्सिनाद्वारा हस्ताक्षरित् सुचनामा कोरोना भाइरस प्रकोप बिश्व भरि फैलिएको र त्यसको प्रबाह कुबेतमा पर्दै गएको छ । तसर्थ कुबेत सरकारले पनि बिभिन्न सार्वजनिक कार्यक्रमहरु रद्द गर्दै यस्ता कार्यक्रमहरु नगर्न सुझाब दिइरहेको अवस्था छ भन्दै झापाली समाजको सुचनामा भनिएको छ – कुबेत स्थित नियोग र नेपाली समाजका बुद्दिजिबी तथा बिभिन्न बिशिस्ट व्याक्तिहरुको सल्लाह सुझाव अनुशार सबैको जिबन र स्वास्थ्यको लागि गम्भीरता पुर्वक ध्यानमा राख्दै कोरोना भाईरसको संक्रमण अन्त्य भई सहज बाताबरण नबनेसम्म का लागि अधिबेशन स्थगित गरिएको उल्लेख गरिएको छ ।

झापाली समाज कुबेतले जारी गरेको सुचना जस्ताको तस्तै:-

 


सम्बन्धित शीर्षकहरु

बुल्गेरियाका रहस्यमय दृष्टिविहीन बाबा वांगाले सुनको दरको बारेमा गरेको भविष्यवाणी पछि, नयाँ वर्षको अर्को भविष्यवाणी सत्य हुने संघारमा देखिन्छ। बाबा…

इरानको राजधानी तेहरानमा जारी विरोध प्रदर्शनका क्रममा २० भन्दा बढी मस्जिद, बैंक र सार्वजनिक संरचनामा आगजनी तथा तोडफोड भएको इरानी…

निरेम प्रोडक्सन तथा अल मुल्ला एक्सचेन्जको संयुक्त प्रस्तुतिमा आयोजना गरिएको “Nirem Musical Event 2026” का अवसरमा नेपालबाट आमन्त्रित चर्चित गायक…

प्रतिकृयाहरू
...