Wednesday 13th May 2026

चिसो मन पराउने कोरोनाबाट नेपाल कति सुरक्षित ?


काठमाडौं -तापक्रम उच्च भएका मुलुकमा कोरोना भाइरस (कोभीड १९) को संक्रमण दर घट्दै गएकाे छ। औसत २० डिग्री सेल्सियसभन्दा न्युन तापक्रम भएका मुलुकमा भाइरसको संक्रमण तिब्र देखिन्छ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका प्रवक्ता एवं सरुवा रोग विशेषज्ञ डा. अनुप बास्तोलाका अनुसार कोरोना भाइरसले चिसो मौसम मनपराउँछ। उनले भने, ‘तापक्रम बढी भएका मुलुकमा संक्रमण न्युन गतिमा बढेको छ। तापक्रम न्युन भएका स्थानमा संक्रमण दर द्रूत गतिमा देखिएको छ।’

चीनबाट सुरु भएको कोरोना भाइरसको संक्रमण अहिलेसम्म ३४ भन्दा बढी मुलुकमा देखिएको छ। भाइरसको संक्रमणबाट दुई हजार ७ सयभन्दा बढीको ज्यान गइसकेको छ। ८० हजार भन्दा बढी व्यक्ति संक्रमित छन्।

चीनपछि कोरोना भाइरसको संक्रमण इरान, इटली र दक्षिण कोरियामा फैलिएको छ। यी मुलुकका विभिन्न सहरमा तापक्रम घटेको छ। पानी समेत परेका कारण चिसो बढेको छ।

चीनमा संक्रमणदर तुलनात्मकरुपमा घटेको छ भने अन्य मुलुकमा संक्रमण बढिरहेको छ। इटलीमा संक्रमितको संख्या चार सय नाघेको छ। १२ जनाको ज्यान गइसकेको छ। इटलीमा अहिले औसत तापक्रम १४ डिग्री सेल्सियस रहेको छ। त्यस्तै कोरोना भाइरसको संक्रमणबाट इरानमा १५ जनाले ज्यान गुमाएका छन्।

दक्षिण कोरियामा ११ जनाको ज्यान गएको छ।इरानको तापक्रम पनि १२ डिग्री सेन्टिग्रेट रहेको छ भने दक्षिण कोरियाको तापक्रम १२ डिग्री सेन्टिग्रेटको हारहारिमा छ।

नेपाल कति सुरक्षित ?

चीनबाट फर्किएका एक नेपालीमा कोरोना भाइरसको संक्रमण देखिएपनि अहिले पूर्णरुपमा सन्चो भइसकेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। ३२ वर्षीय ती युवामा एक महिनाअघि भाइरस पोजेटिभ देखिएको थियो। काठमाडौंको तापक्रम औसतमा १८ डिग्री सेन्टिग्रेट रहेको छ।

तापक्रमको दृष्टिमा नेपाल पनि भाइरस संक्रमणको जोखिमबाट मुक्त भइनसकेको देखिन्छ। सरुवा रोग विशेषज्ञ डा. बास्तोला भन्छन, ‘चिसो मन पराउने भाइरस भएकोले अहिले नै हामी सुरक्षित छौं भन्ने अवस्था छैन। पूर्व तयारी र सावधानी अपनाउनुपर्ने देखिन्छ।’

-अन्नपूर्णपोष्टबाट


सम्बन्धित शीर्षकहरु

नेपाल पत्रकार महासंघ कुवेतले रक्तदान कार्यक्रम गरी १७औँ स्थापना दिवस मनाउने भएको छ । महासंघ वैदेशिक शाखा कुवेतले आफ्नो १७औँ…

कुवेतमा विगत एक दशकदेखि परोपकारी पत्रकारितासँगै स्वदेश तथा विदेशमा विभिन्न सामाजिक कार्य गर्दै आएको Nirem Group ले Metro Medical Group…

इजरायलको संसद (Knesset) ले सन् २०२३ अक्टोबर ७ मा भएको हमास नेतृत्वको आक्रमणमा संलग्न पक्राउ परेका व्यक्तिहरूलाई विशेष सैन्य अदालतमार्फत…

प्रतिकृयाहरू
...