Saturday 11th April 2026

पूर्वडिआइजी रमेश खरेलको नेतृत्वमा ‘हाम्रो नेपाल, हामी नेपाली’


काठमाडौँ – नेपाल प्रहरीका पूर्व डिआइजी रमेश खरेलले भ्रष्टाचारविरुद्ध अभियान सञ्चालन गर्ने उद्देश्यले ‘हाम्रो नेपाल, हामी नेपाली’ अभियानको नेतृत्व गर्ने भएका छन् ।बिहीबार राजधानीमा उक्त अभियानको औपचारिक घोषणा गर्ने कार्यक्रम रहेको खरेलले बताए ।


उक्त अभियानले भ्रष्टाचारजन्य गतिविधिको विरोध गर्नुका साथै सुशासन, राष्ट्रहित र नागरिकका हक अधिकारलाई मुख्य प्राथमिकता दिने उनको भनाइ छ ।अभियानमा सामाजिक व्यक्तित्वहरुका साथै केही पूर्वप्रशासक समेत सामेल छन् । अभियानले प्रारम्भिक ६ महिनासम्मको गतिविधिलाई मूल्यांकन गरेर थप योजना तथा कार्यक्रम अघि सार्ने जनाइएको छ ।

२०७४ माघ २८ गते सरकारले सर्वेन्द्र खनाललाई प्रहरी महानिरीक्षकमा बढुवा गरेपछि असन्तुष्टि जनाउँदै खरेलले डिआइजी पदबाट राजीनामा दिएका थिए । प्रहरी संगठनमा खरेलले लोकप्रिय छवि बनाएका थिए ।
-रातोपाटीबाट


सम्बन्धित शीर्षकहरु

इजरायली सेनाले दक्षिण लेबनानमा हिज्बुल्लाहका “सैन्य ठेगाना” र रकेट लन्च साइटहरूलाई लक्षित गर्दै ठूलो हवाई हमला गरेको जनाएको छ। इजरायलले…

अन्तर्राष्ट्रिय स्रोतहरूका अनुसार, इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्ले पाकिस्तानमार्फत वाशिंगटनलाई १०-बुँदे प्रस्ताव पठाएको छ र अप्रिल १० मा इस्लामाबादमा प्रत्यक्ष…

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि भइरहेको बमबारी र आक्रमणको अभियानलाई स्थगित गर्ने घोषणा गरेका छन् । इरानले पठाएको १० बुँदे…

प्रतिकृयाहरू
...