Sunday 27th July 2025

थारूवान थरूहट मोर्चाको आमरण अनसनकर्ता अस्पताल भर्ना, आन्दोलनलाई समर्थन गर्न सबैलाइ आव्हान


तितोपाटी – कैलालीको धनगढीमा फागुन १ गते देखि आमरण अनसनमा बसेका थारुवान थरुहट राष्ट्रिय मुक्ति मोर्चाका संयोजक नेता लक्ष्मण थारुको स्वास्थ्यमा समस्या आएपछि सोमबार बेलुका ८ बजे सेती प्रादेशिक अस्पतालमा भर्ना गरिएको छ। नेता लक्ष्मण थारुलाई सेती प्रादेशिक अस्पतालको भिआइपी क्याविनमा राखिएको अस्पतालले जनाएको छ। अनसनरत नेत थारुको स्वास्थ्यमा गम्भीर समस्या आएपछि अस्पताल ल्याईएको मोर्चाका प्रवक्ता मिन राज चौधरि बताए।

सेती प्रादेशीक अस्पतालका इर्मेजेन्सी बिभाग प्रमुख डाक्टर जगदिश जोशीले लक्ष्मण थारु शारिरीक रुपमा निकै कमजोरी रहेको र अन्य अबस्था भने सामान्य रहेको बताए। रेशम चौधरी सहित ११ जनालाई रिहाइको माग गर्दै थारुवान थारुहट राष्ट्रिय मोर्चाले धनगढीमा अनशन संग- संगै बिरोध र्‍याली, कोण सभा चक्काजाम लगायतका कार्यक्रमहरु पनि गरिरहेको छ।

यसै क्रममा सोमबार धनगढीको क्याम्पस चोकबाट बिरोध र्‍याली निकाली एल एन चोकमा कोणसभा गरेका छन् । कोण सभामा थारु नेताहरुले आफ्नो आन्दोलन र मागका बारेमा सरकारले त बेवास्ता गर्यो नै राष्ट्रिय स्तरको मिडियाहरुले समेत समाचार नबनाएको प्रति आपति ब्यक्त गर्दै आफ्नो आफ्नो क्षेत्रबाट सन्चारकर्मी ,बुद्धिजीवि ,नागरिक समाज , मानवाधिकारवादी सबैलाई आन्दोलनलाई साथ र सहयोग गर्न आव्हान गरेको छ।

कोण सभालाई सम्वोधन गर्दै थारुवान थरुहट राष्ट्रिय मोर्चाका केन्द्रीय प्रवक्ता मिनराज चौधरीले- विगतका दशकमा देशमा दर्जनौ राजनीतिक परिवर्तनका निम्ती क्रान्ति,विद्रोह र आन्दोलनहरू भए। ती सबैलाई राजनीतिक घटनाको रुपमा हेरियो र समाधान गरियो तर थरुहट आन्दोलनलाई मात्र शुद्ध आतंककारी घटनाको रुपमा हेर्नु राज्यले थारू माथि अन्यायपूर्ण व्यवहार गरेको भन्ने पुष्टि भएको छ । टीकापुर घटना व्यक्तिगत नभई राजनीतिक घटना क्रम थियो। थारुहरुको मुद्दाको समाधान उच्च राजनीतिक सहमतिको आधारमा हुनु पर्दछ। उनले फेरि थपे यदि माईतिघरमा १ दर्जन मानिस उभिदा वा कसैले अनसनको कुरामात्र गर्दा हंगामा हुने तर धनगढीमा थारूहरूका जायज माग राखेर थरूहट थारूवान राष्ट्रिय मोर्चाका नेता अनसन गर्दा राज्य किन बेखबर…? राज्यबाट थारुहरु अपहेलित किन ? जो होचो उसको मुखमा घोचो…? भन्दै न्यायका पक्षधरहरु सबैलाई बोल्न अनुरोध गरे। थारु जातिय पहिचान र अधिकारको लागि लड्ने थारुको छोरो सांसद रेशम चौधरीलाई झुटा मुद्दा लगाएर जन्म कैदको फैसला सुनाएर जेलमा राख्नु लोकतन्त्रमा दुःखदायी भएको उनले बताए।‘अब हामी चुप लागेर बस्दैनौ’, उनले भने, ‘जबसम्म सरकारले संविधान संशोधन गरी थारुको अधिकार दिँदैन र सांसद रेशम चौधरी सहित ११ जनाको रिहाई गरिदैन तव सम्म आन्दोलन जारी रहन्छ।’

सांसद चौधरी सहित ११ जना रिहाइ लगायत १४ बुँदे मागसहित थरुहट थारुवान राष्ट्रिय मोर्चाका केन्द्रीय संयोजक लक्ष्मण थारु कैलालीको क्याम्पस रोडमा आमरण अनसन बसेको ६ दिन भइसक्दा पनि सरकारको ध्यान जान नसक्नु दुःखदायी भएको थारु नेताहरु बताउँछन्। सांसद चौधरी लगायत ११ जनाको रिहाइ र पूर्वन्यायधीश गिरिशचन्द्रलाल नेतृत्वको न्यायिक समिति, गृहमन्त्रालयद्वारा अनुसन्धानका पूर्वप्रमुख देवीराम शर्माको संयोजकत्वमा गठिन छानविन समितिको प्रतिवेदन र सर्वदलीय संसदीय समितिको प्रतिवेदनहरु सार्वजनिक गर्ने लगायतका १४ बुँदे माग रहेका छन्।

मोर्चाको प्रदर्शनलाई आदिवासी जनजाति महासंघ, मिसन अम्बेडकर नेपाल, खसान संघर्ष समिति, खम्बुवान राष्ट्रिय मोर्चा, संघीय लोकतान्त्रिक मञ्च, नेपाल राष्ट्रिय पार्टी, संयुक्त खस क्षेत्री नेपाल लगायत संघ–संस्थाले पनि ऐक्यवद्धता जनाएका छन्।


सम्बन्धित शीर्षकहरु

तितोपाटी-पाल्पाली लोक गायक बद्री पंगेनीको तीज कोसेली "पाल्पाली कान्छो झापाली कान्छी" सार्वजनिक भएको छ । बद्री पंगेनी अफिसियल युटयूव च्यानलबाट…

एजेन्सि-थाइल्याण्ड र कम्बोडियाबीचको सीमामा फेरि तनाव बढेको छ। थाइल्याण्डले कम्बोडियामा रहेको सैन्य अखडामा हवाई हमला सुरु गरेको छ। यसअघि बिहीबार…

लन्डन: गाजा पट्टीमा बिरामीहरूको उपचार गर्न स्वयंसेवा गरिरहेका बेलायती स्वास्थ्यकर्मीहरूले इजरायली आक्रमण र सहायतामा प्रतिबन्धका कारण गम्भीर जलेको र छर्राको…

प्रतिकृयाहरू
...